शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • कला /साहित्य
  • बनमा बाघ छकि छैन मनको बाघले खायो!

बनमा बाघ छकि छैन मनको बाघले खायो!

  • आइतवार, असार १४, २०७७
बनमा बाघ छकि छैन मनको बाघले खायो!

सुरेशकुमार पान्डे। कथा! काउलेपानी गाउँ चारैतिर बाट जङ्गलले घेरेको रमणिय छ।त्यो बेला त्यँहा जम्मा जम्मि नौवटा घरहरु जस्मा बाहुँन,क्षेत्रि र मगरकाथिए।यँहा देखि करीब आधा घन्टा जति जान लाग्ने बोचपोखरामा एउटा प्राईमरी स्कुल थियो।(जो अहिले हाई स्कुलछ)साहिद यो स्कूल त्यो बेला माझ परेर राखेको हुँन सक्छ।किन कि काउले पानी तिर राङ्गजाँग,रापधारा, प्यारधारा,छाप कल्लेरी,उता स्यूजा,खाडा हार्जा,उजा,जरुवा गोठिबन, खयरधारा,पश्मितिर कालि माटी,टेङ्टैङ खोला,पुरुङ छेडा फाँटा,टाकुरा र हर्नक सम्मका फलिदे उतिबेला मर्वेश आदि सम्मका बिध्यार्ति त्यँहा पड्दथे। यो स्कूलपनि चारै तिर बाट जँगलले घेरेको हुँनाले रातिमा प्राय सुनशान हुँन्थ्यो।

काउलेपानी मा एउटा शिद्धथान थियो सल्लेरी घेरिएको बनको माथि धुरीमा थियो।जँहा बर्षको एकपाली दँसैपछिको पाँच पुन्यौमा ठुलो मेला लाग्छ।त्यो बेला त्यँहा मेला भयानक हुँन्थ्यो लडाई झग्डा हुँन्थ्यो,त्यसैले लगभग दाङ,प्युठान रुकुम रोल्पा,र सल्यान समेतमा त्यो ठाउँ अपरिचित नहुँन सक्छ। काउले पानी गाउँ को सामुन्ने हिमचुलि प्रष्ट देखिन्छ,नामले काउँले पनी भयपनि हिँउदमा लामू घडेरी पय्रो भने यँहाका पँधेरा सुक्छन,र हल्दि गैराको पनि कुवा सुक्यो भने बिहान भरीको बाटो हिँडेर पानी ल्याउँनु पर्थ्यो।

यस्तो कहिले कसो हुँथ्यो बन जंगलको सुबिधा र हिमाल चुली शूर्य उदायको र अस्ताएको प्रष्ट देखिने राम्रो गाउँ हो। यँहि गाउँको जैसी बाहुँनको परिवारमा आठौँ भाई बैनि मध्यको सेते हो जस्को जनम पनि यहि गाउँमा भयको थियो। काठका सिल्पाटी बनाएर गोलभेडाको पातले मसि लगाएर त्यो बेला सेते लगायतका बिध्यार्थी स्कूल जान्थे ढुँगे घरी बाटमा प्रसस्तै भेट्टिन्थ्यो।उँनिहरु त्यो आधा घन्टाको बाटो पन्द्र बिस मिन्ट भित्रै पुगिहाल्थे दौडेर,कहिले काँहिता आँखा चिम गरेरपनि हिँड्थे।त्यो स्कूल जाने बाटोमा दाउरा गर्न,स्याउला खेर्न दिनौँ आउँने जाने हुँथ्यो।त्यसैलेपनि उनिहरु आँखा तोपेर पनि हिँड्न सक्थे।

आउँदा जाँदा बाटोमा कालापानी मा पिउँने पानी को केतुकिको पात लगाएर धारो बनाउँथे।त्यँहि पानि सबै बाटमा हिँड्नेहरुले पिउँथे। कसै कसैले कथा सुनाउँने गर्थे बोच पोखरामा रातिमा भूत सेतो घोडामा हिँड्छ,अनि भुतेनी पनि हिँड्छन, कहिले त्यँहा आगो बालेका हुँन्छन।अनि चुरा छाईँ छाई बज्छन,आदि ईत्यादि कथा सुनाईन्थ्यो। एकदिन काउलेपानी बाट सेतेको बाबाले दिदी लाई पठाएर जा भन्दै सेतेलाई अह्राउँनु भयो,त्यो बेला दिदीको घर खाडा भन्ने गाउँमा थियो जाँदा बोच पोखरा भयरै जानु पर्थ्यो।बाटो ता एक घन्टा जतिको थियो तर दीदी का घरका तल डुँडा भन्ने ठाउँमा गोठ बसेकाले थप एक घन्टा अरु हिँड्नु पय्रो।सेते ले दीदीलाई गोठ छाडेर फरक्कै फर्क्यो,उ कसैका घर बस्दैनथ्यो।दीदीले धेरै संझाईन बस्नलाई तर उ भाईरै बाट हिँड्यो।उस्ले खाडामा पनि पस्नु पर्थ्यो त्यँहा बाट भट्टको बिउँ लिएर आएस आउँदा बाबाले भन्नु भयको थियो।त्यँहा सेतेको दाईको ससुराल थियो त्यँहा पुग्दा रात परिसकेको थियो सेते त्याँहा बस्नुस भन्दापनि अटेर गरेर हिँडि हाल्यो।उ बचपोखरा नपुग्दै जुन निस्किएका थिए उज्यालो देखिन्थ्यो।

जस्तै सेते बोचपोखरा पुग्यो छ्याईँ-छ्याईँ हट-हट गरेको र घोँडा यँहेहे गरेको आवाज आएजस्तो लाग्यो,यता उता हेर्दा केहिपनि देखिन्न तर अलि पर गवन खोला तिर केहि सेतो घोँडा झैँ लाग्थ्यो जता सेते हिँड्नु थियो त्यो डाँडामा आगोको धुँवा जस्तै देख्यो,अनि चुरापनि बजेको जस्तो उस्ले पहिले सुनेको कथा सबै मुखार भय।सेते त्यो बेला आठ बर्स पूग नपुगको थियो होला।जेहौश उस्लाई घर पुग्नै थियो उ दनादन हिँड्दै गयो जब डाँडो काट्यो उ झसिङ्ग भयो उस्लाई लाग्यो आफु सित सँगै कोहि हिँडेको जस्तो फर्केर हेर्दा आफ्नै छाँया रहिछ। उस्ले फेरी गड-गड यँहेहेहे.अनि छ्याईँ छ्याई घोडा हिडेको जस्तो महेसुर्ष गय्रो!तर पछि केहिपनि देखिदैन थ्यो।

जस्तै एउटा डाँडो काटिदै आर्कोमा पुग्यो सामुन्ने बिशाल आक्रितीको कालो राता राता आँखा गरेको केही देख्यो।उस्लाई लाग्यो त्यही भूत भन्ने हो..उठिङ्गै भयो चिच्चाउँन खोज्छ बोलि फुट्दैन,टाउँकोमा कसैले हाँनेको झैँ सुन्ह भयो हात खुट्टा चलेनन्।उस्को स्वाश तलको तल र माथिको माथी नै रह्यो।

कसो-कसो गर्दा हात खुट्टा चले तर बोल्न सक्दैन उस्लाई लाग्यो आज अन्तिम दिन हो।तर मरेपनि ता लडेरै मर्नु पर्छ उपछाडि पनि फर्किन सक्दैन अगाडि पनि जान सक्याछैन,सेतेलाई एउटा कुरा सुझ्यो त्यो आफ्नो अगाडि भयको अलि ठुलो ठुँङ्गा उचालेर अब उ आँखा चिम्म गरेर भुतलाई हिर्काउँन दौडेर गयो अनि ढाईँया ढुङ्गा ले भुतलाई बजाई दियो।आँखा बिस्तारै खोल्यो हेर्दा आफु आश्चार्य पर्दै आफैलाई धिकार्छ।त्यो अरु केहिथिएन कसैले ढालेको सल्हामा उनै पाठसाले केटाहरुले आगोलगाएर कालो भयको ठुटो थियो।

आज त्यहि ठुटाले सेतेको झन्नै प्राण लिएको थियो।अब उ ढिलो नगरी त्यँहा बाट दनादन हिँढ्छ।अँझै यस्ता तिन चारौटा डाँडा र गैरा काट्न थियो।माउँरी गाडेको चौरमा पुगे पछि हेर्दै अँघि दौड्दै उँ सिध्ध थानको तल पातिहाल्ने ठाउँमा कति छिटो पूगेछ पत्तै भयन त्यँहा बाट आफ्नो घर देखेपछि आफु अब बाँच्छ जस्तो लाग्यो।त्यँहा एकछिन सुस्तिँदा आर्को कहावत पनि सँझिन्छ “बनमा बाघ छकि छैन मनको बाघले खायो”यहि भन्दै गनगन गर्दै एक्लै घर पुग्छ।२८-०६-२०२०

चर्चामा

सम्बन्धित समाचार