सुरेशकुमार पान्डे। दोवानमा थुप्रै मान्छेहरु जम्मा भयका थिए,खेतालाहरुले धान रोप्न छाडेर उतै हेरेका छन।खेत को नजिकै दोमान थियो साहिद कयौँ खोलाहरु भेट हुँने ठाउँलाई दोमान भन्छन।प्राय त्यस्तै ठाउँमा मुर्दाहरु जलाउँने परमपरा पनिछ। एकजना नजिकै उभियका अपरिचित सँग होईन को मरेछन?मणिले धानको औँछा छोप्या छोप्पै सोध्यो!उ क्या धनपति बुढाको स्वर्गवाश भयो राति नै परान गयको छोराहरु लाई पर्खिँदा अलि ढिलो भयो। उन्ले बिस्तारपूर्वक भने।सुखःपाए बिचरा बुढाले दिन दिनै रुन्थे छोरा र बुहारीले हेला गरेर एक्लै बसेका थिएँ!उन्ले अगाडि थप्छन।हो तिनि बुढालाई त धेरै नै दुखः दिए छोरा बुहारीले तिन चार दिन पहिलिको कुरा हो बुहारीले कस्तो घिनलाग्दा बचन लगाई उफ.मलाई त सुन्दा आँसु आए!नजिकै की एउटी महिँलाले भनिन।
आज भने मरेको बेला जन तन आएछन,उनिहरु आर्कि महिला ले थपिन।मान्छे जुटेका थिए त्यँहा कच कच थियो साईद बाहुँनहरुले अह्राउँदै थिए मिणिहरु अलि टाडा भयकाले कुरा बुझ्न सकिनन्।धनपतिका पाँच भाई छोराहरु थिए अनि सबैका बिबहा भै सकेका छोरा छोरीका बाबा बनि सकेका।उन्ले जिवन भरी बाख्रा पाले गाई भैँसी पाले छोराहरुलाई पढाई लेखाई आफ्नो खुट्टाले उभिने गराए। कोई माष्टर कोई वकिल एउटा बिदेश बाट भर्खर आएको थियो।परार साल धनपतिकी स्वास्नी मरेपछि बुढाको स्वास्थय कम्जोर हुँदै आयो।छोरा हरुले आ-आफ्नै ब्यबस्था गरेका थिए उनिहरुको लागि बुढा बुढि एकप्रकारले बोझ जस्तै लाग्न थाले।छोरा बुहारीको ब्यबहार हेर्दा उनिहरु एक्लै बस्ने निधो गरेका हुँन। बुढि छँदा सम्म ता उनिहरु जसरी तसरी गुजारा चलाएकै थिए।
तर बुढिको सेकपछि बुढालाई कसैले हेरेनन।उनि पकाउँन सके पकाएर खान्थे नसके भोकै सुत्थे।छोरा बुहारीले लेखो लाउँदैनथे बरु गाउँमा कसैलाई दया जाग्यो भने बुढा बिमार हुँदा डाक्टरको मा लग्थे।नत्र छोरा बुहारीले डाक्ट्रको मा पनि लग्न मान्दैनथे।आज सबै छोराहरु जुटेका कपाल काटेका देख्दा सबै देखावटि भन्ने प्रष्ट गाउँलेले बुझेकाछन।बुढाको एकछिनमा लाश दन दनि बोल्यो।ल्याउँने बेलापनि पुरै त्यो बाँसको डोलि झैँ सझाएका थिए।मर्ने बेला भने कोई उपस्थित थिएनन गाउँले छिमेकिहरुले मरेपछि सुचना दिएका हुँन।
मणिले धनपति जलेको आगो तिर हेर्दै आखिर सबैले यस्तै खरानी हुँनेहो फेरी किन लोभ लालच तँत मम अनि आफुलाई जन्माएका आमा र बाबालाई हेला गर्ने छि यो मान्छेको जात !भन्छ।होतनी नजिकै उभ्भेकि अर्कि महिँलाले भन्छिन।आज धनपति दन-दन बोलेको आगो बनेकाछन! जिवनका सबै कथा को बिलियन यहि आगोमा भयो!उन्ले थप्छिन।आज ता पुरै सँस्कार सँग अन्तेष्टीभयो धनपति बुढा त धर्मि रहेछन अर्को रोपाराले भन्यो।
के धर्मि बिचरा कहिलि कसैको एक आना खाएनन् बरु आफुले कमाउँदा सम्म कति दान पुन्न गरे,बर पिपल लगाएर चौपाल बनाए,तर बुढेसकालमा बाँच्दा सम्म कहिलेई सुखःर सन्तुष्ट पाएनन।अब मरेपछि जे गरेपनि केफाईदा बुढालाई!बिरे ले भन्यो।अँझ पुरै १३दिन बार्ने अनि धुन धान सँग बाहुँन बोलाएर दान पुन्ने गर्ने हुँन अरे!उस्ले निदार खुम्चाउँदै भन्यो।
बाँच्दा सम्म राम्रै गरि सुसार पाएको भय बर्ष दश अरु बाँच्थे बुढा अहिले उमेरै कति भयकोछर बल्ल साठि नागेका हुँन!ति महिलाले भनिन।हो बुढि मरेपछि बढि अर्घेलो गराएका थिए छोरा बुहारीले पटक्कै हेर्दै नहेर्ने बरु बचन लगाउँने गालि गर्ने गर्थे एकदिन ता त्यो स्यानो नाति बाबा भन्दै गाको छोपेर हुँत्ताउँदै ल्याएको मेरै आँखाले देखेँ!किन जान दिदैँनौ कान्छि बाजेलाई पनि त नाति खेलाउँनस लाग्दो होला भन्दै पल्लो गर्किले भन्दा बुढा एकदम चण्डाल छन बाबुलाई फकाई फकाई बोलाए अनि बिमारी भयो बोक्सि छन क्या बुढाता भन्दै उस्लाईपनि त्यता नजान अह्राउँथिन!अर्कि रोपारुले भनिन।उनिहरु फर्किए आगो बिस्तारै सेलाउँदै गयो रोपारुहरुले कुरा गर्दै धान रैप्तै गरे।
आज धनपतिको जिवन कथामा सिम्टियो।मान्छे जन्मिएका जति सबै मरेर गयको सबैले देख्छौ अनि उन्लाई आगोमा यसरी पोल्छन।अनि जब उ खरानि पर्छ त्यसपछि उस्लाई स्वर्गमा पुराउँने भन्दै दान पुन र अन आबस्याक सँस्कार गर्छौ।वास्तबमा जिबित हुँदा राम्ररी हेरचाह गरेता त्यहि होनी स्वर्ग।मणिले निरास हुँदै भन्छ।हो हुँनता सबै भुल भुलैँयामा फसेका हुँन्छन मरेपछि खिरका पिँड दिनेहरुले जिउँदो छँदा सिटामोल दिन सक्दैनन्!जिँदा लासहरु छि!त्यो अपरिचित ब्याक्ति त्यहि भन्दै आफ्नो बाटो लाग्छ।
अब बिस्तारै साँझ पर्दै थियो मणिहरु पनि आफ्नो रोपाई सकेर घर तिर लाग्छन।आखिर साँच्चै ता भन्यो अपरिचितले बाँच्दा सम्म बाउ आमालाई सक्या सम्म अपमान गर्ने हेला गर्ने अनि मरेपछि स्वर्ग जाउस भन्दै कामना गर्ने ति जिउँदा लासहरुनै हुँन!मणिले मनमनै त्यहि शब्द दौराउँछ।२८-०६-२०२०, (यो कथा काल्पनिक हो जो कसैको जिवन र नाम सँग मेल खायो भने सयोँग हुँनेछ।कृपया उनिहरुमा हुँने कष्टको लागि लेखक क्षामा पार्थी छ।)