शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • कला /साहित्य
  • धेरै छोरा छोरीका धनि पनि हेलारी भए,

धेरै छोरा छोरीका धनि पनि हेलारी भए,

  • आइतवार, असार १४, २०७७
धेरै छोरा छोरीका धनि पनि हेलारी भए,

धेरै छोरा छोरीका धनि पनि हेलारी भए,
मुटुभित्र बसाल्ने आफै आँखा पारी भए।

देखियो सम्पति पुँजि वादी कथा भोग्यौँ,
आँमाको आँखा चुत्त्रुकै आँसु झारी भए।

नौ मैना कोखमा जिवन भरी मुटुमै रख्ने,
उनैको लागि आमा छुत का बिमारी भए।

के दिन आयो आज यो देश दुनियाँ भरी,
आमा भन्दा प्यारा रुपैयाँकै भकारी भए।

छोरी बुहारी हुँदै आमाको भुमिका पुराए,
तर हेलारी आज उनै आमा महतारी भए।

किन छोराले शन्तानको जिम्मा निभाएन,
केवल उनिहरु पनि स्वार्थकै पुजारी भए।
सुरेशकुमार पान्डे।२८-०६-२०२०,

चर्चामा

सम्बन्धित समाचार