• होमपेज
  • समाचार
  • अबिरल बर्षाका कारण छिपेखोला आसपासका घर जोखिममा

अबिरल बर्षाका कारण छिपेखोला आसपासका घर जोखिममा

  • आइतवार, असार १४, २०७७
अबिरल बर्षाका कारण छिपेखोला आसपासका घर जोखिममा

बर्षका कारण आएको बढीले साँफेबगरको छिपेखोला आसपासका घरहरु जोखिममा रहेका छन्। शनिबार साँझ देखि आएको बर्षाले छिपेखोलामा पानिको बाहब बढेपछि छेउछाउका घरहरु जोखिममा परेका हुन्। बर्षासंगै आएको बाढी छिपेखोला बजारमा पनि पसेको थियो।

जस्ले गर्दा यहाँका घर पनि जोखिममा रहेका छन्। बर्षाले छिपेखोला पानि एक्कासी बढे पछि स्थानीय त्रसित भएका छन्। शनिबार साँझ देखि परेको पानि आईतबार बिहान रोकिएको थियो।

खोलामा आएको बाढीले केही क्षेति पनि गरेको छ। बर्षाले स्थानीयले जम्मा गरेका गिट्टी र ढुंगा समेत बगाएको छ। वारी र पारी खोलाको छेउमा लगाईएका केही तरकारी बाली समेत खोलाले बगाएको छ। छिपेखोलाको छेउमै गाडेको ह्याण्ड पम्पमा क्षेति गरेको छ।

आईतबार विहान छिपेखालाले गरेको क्षेतिको साँफेबगर नगरपालिकाका प्रमुख कुल बहादुर कुँवरको नेतृत्वमा गएको एक टोलिले अनुगमन गरेको छ। अनुगमन गर्दै नगर प्रमुख कुँवरले छिपेखोलाले जति खेर पनि ठूलो क्षेति गर्न सक्ने सम्भावना भएका कारण सबैले सचेत रहनु सुझाव दिनु भएको छ।

उहाँले बर्षा याममा जति खेर पनि बाढी आउन सक्ने भएका कारण सबैले सचेत हुन अनुरोध गर्नु भएको हो। साथै नगर प्रमुख कुँवरले छिपेखोलाको पुलको छेउछाउबाट ढुंगा, गिट्टी तथा बालुवा उत्खनन नर्गन पनि सुझाव दिनु भएको छ।

उहाँले पुलको पाँच सय मिटर तलमाथिको क्षेत्रबाट ढुंगा, गिट्टी तथा बालुवा उत्खनन गर्दा पुललाई असर पर्ने भन्दै उत्खनन नगर्न अनुरोध गर्नु भयो। उहाँले पुलको पाँच सय मिटर तलमाथिबाट ढुंगा, गिट्टी तथा बालुवा उत्खनन गरे कारबाही गर्ने चेतावनि समेत दिनु भएको छ। टोलिमा सााफेबगर नगपािलकाका उपप्रमुख बिर्मला देवि बुड्थापा, नगर प्रवक्ता एवं वडा नम्बर ४ मष्टामाण्डौँका वडा अध्यक्ष बालगिरी कुँवर, वडा नन्बर ५ नवाठानाका वडा अध्यक्ष उजिर सिंह साउँद, प्रहरी, संञ्चारकर्मी लगायत स्थानीयको सहभागिता रहेको थियो।

चर्चामा

सम्बन्धित समाचार