शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • क्वारेन्टिमा बेहोस भएका युवकको अझै उपचार हुन सकेन

क्वारेन्टिमा बेहोस भएका युवकको अझै उपचार हुन सकेन

  • आइतवार, असार १४, २०७७
क्वारेन्टिमा बेहोस भएका युवकको अझै उपचार हुन सकेन

क्वारेन्टिमा गम्भीर स्वास्थ्य समस्या आएपछि भरतपुर अस्पताल लगिएका कैलालीको गौरीगंगा नगरपालिका वडा नम्वर ४ का २२ बर्षिय युवकको अहिलेसम्म उपचार सकेको छैन। उनी शुक्रबार बेलुकाबाट बिरामी परेको भएपनि अहिलेसम्म उपचार हुन नसकेको विरामीका परिवारले सेतोपाटीलाई जानकारी गराएका छन्।

परिवारका अनुसार शुक्रबार बेलुका उनले शरीर झम्झमायो भनेको र शनिवार बिहान ७ बजेतिर अस्पताल ल्याउँदै गर्दा उनी बाटोमा बेहोस भएका थिए। उनलाई सुरुमा धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा ल्याइएको थियो। त्यहाँ डाक्टरले विषालु जीवले टोकेको छ भनेको थियो। अस्पतालमा भेन्टिलेटर सहितको आइसोलसन बेड खाली नहुँदा प्रादेशिक अस्पतालले कोहलपुर मेडिकल कलेज लैजान रिफर गरेको थियो।

धनगढीबाट उनलाई राती ९ बजे कोहलपुर मेडिकल कलेज पुर्‍याइएको थियो। मेडिकल कलेजले उनलाई सरकारी अस्पतालमा लगेर जानु भनेपछि भरतपुर अस्पताल चितवनमा लगिएको हो। त्यहाँपनि भेन्टिलेटर सहितको आइसोलसन बेड अभाव रहेकाले उनको उपचारमा समस्या भएको अस्पतालले जनाएको छ।

उनलाई राती २ बजे अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा डाक्टरले चेक गरेको छैन। अहिले बिरामीलाई सामान्य वेडमा राखिएको छ। ‘रगत जाँच गर्दा रिपोर्टमा विषालु जीवले टोकेको भन्ने जानकारी आएको छ। तर, कुन जीवले टोक्यो भन्ने खुलेको छैन’, बिरामीसँगै अस्पतालमा गएका परिवारका एक सदस्यले भने। परिवारका सदस्यका अनुसार बिरामी अझै वेहोश छन्। अहिलेसम्म होस् आउन सकेका छैन। भरतपुर अस्पतालले दिउँसोसम्म उपचार हुन्छ भनेर जानकारी गराएको परिवारका सदस्य जानकारी गराए। बिरामी बेहोस अवस्था रहेकाले छिटो उपचार हुनुपर्ने परिवारको माग छ। बिरामी जेठ २६ गते भारतबाट फर्केर तीन हप्तादेखि वडा नम्बर ४ स्थित सिद्धार्थ विद्या निकेतनको क्वारेन्टिनमा बस्दै आएका थिए।

चर्चामा

सम्बन्धित समाचार