बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश
  • डाक्टर गोबिन्द केसी हुम्लाको दुर्गम गाँउ मैलामा पुगेर बिरामीको उपचार गर्दै

डाक्टर गोबिन्द केसी हुम्लाको दुर्गम गाँउ मैलामा पुगेर बिरामीको उपचार गर्दै

डाक्टर गोविन्द केसी स्वास्थ्य चौकी पुग्दा बिरामीको घुइचो

  • शनिबार, असार १३, २०७७
डाक्टर गोबिन्द केसी हुम्लाको दुर्गम गाँउ मैलामा पुगेर बिरामीको उपचार गर्दै
हुम्लाको ताजाकोट गाँउपालिका २ मैलामा रहेको मैला स्वास्थ्य चौकीमा पुगेर डाक्टर गोबिन्द केसी बिरामीको उपचार गर्दै । फोटो : अनिता श्रेष्ठ /अनमि फेज नेपाल

प्रकाश सिहं/चिकित्सा क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसी कर्णाली प्रदेशका दुर्गम गाँउमा पुगेको छन् । हुम्लाको ताजाकोट गाँउपालिका २ मैलामा रहेको मैला स्वास्थ्य चौकीमा पुगेर बिरामीको उपचार गरिरहेका छन् ।
बिहिवार स्वास्थ्य चौकी पुगेका केसीले बिरामीको चेकजाँच सँगै उपचार गरिरहेका फेज नेपाल नामक गैर सरकारी संस्थामा कार्यरत अनमि अनिता श्रेष्ठले वताएकि छन् । स्वास्थ्य चौकीमा सेवा दिन केसी पुगेपछि उपचार गर्न आउने बिरामीको निकै घुइचो लागेको श्रेष्ठले वताईन् । लामो समय देखी रोग पालिरहेका बिरामीले सेवा लिएका छन् । केसी बाजुराको सदरमुकाम मार्तडी बाट तिन पैदल यात्रामा त्यहाँ पुगेका थिए ।


केसी पुगेको ठाँउ नेपालको सबै भन्दा दुर्गम ठाँउका रुपमा रहेको छ । हुम्लाको सदरमुकाम सिमकोट बाट त्यहाँ पुग्ने चार दिन बढि पैदल समय लाग्ने गरेको छ, भने बाजुराको सदरमुकाम मार्तडी बाट पनि तिन दिन भन्दा बढि समय लाग्ने गरेको छ । स्वास्थ्य सेवामा निकै पछाडि रहेको यो क्षेत्रमा डाक्टर केसी त्यहाँ पुगेर सेवा दिदा बिरामीलाई ठुलो राहत भएको स्थानिय चक्र बहादुर मल्लले वताएका छन् ।


ताजाकोट गाँउपालिका २ का मन बहादुर रोकायाले भने उपचार गर्न बाहिर जान पैशा थिएन्, केसी गाँउमै रहेको स्वास्थ्य चौकीमा पुगेपछि उपचार गरेको वताए । हाम्रो यहाँ त स्वास्थ्यकर्मी समेत आउन मान्दैनन्, थिए तर डाक्टर नै यहाँ आएर सेवा पाँउदा खुशी भएको उनले वताए । केसी मैला स्वास्थ्य चौकीमा मात्र आइतवार सम्म बिरामीको उपचार गर्ने छन् । नेपालमा यातायातको पहुँच नपुगेको जिल्ला हुम्ला मात्र रहेको छ ।
केसी शुदुरपश्चिम प्रदेशका दुर्गम गाँउमा मात्र नभई कर्णाली प्रदेशका दुर्गम गाँउमा पुगेर बिरामीको उपचार सँगै निशुल्क औषधि दिईरहेका छन् । बुधवार मात्र बाजुराको कोल्टि पुगेका डा. गोबिन्द केसीले आइसोलेसनमा रहेका बिरामीको उपचार गरेका थिए ।


चिकित्सा क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसी डडेल्धुरा बाट हुम्ला पुगेका हुन् । दुई महिना डडेल्धुरा अस्पतालमा निःशुल्क सेवा गरेर अन्य पहाडी जिल्लामा घुम्ने क्रममा उनी कर्णाली प्रदेशको हुम्ला पुगेका थिए । डाक्टर केसीले यो भन्दा पहिला बाजुरा, बझाङ्ग, दार्चुल्ला, बैतडी लगायत जिल्लामा पुगेर सेवा दिइसकेका थिए । बेलाबेलामा मेडीकल माफिया, नेपालको स्वास्थ्य क्षेत्रमा भएको दुराचार, अवैध तथा अनियमित व्यवस्थाको विरोध तथा मेडीकल कलेज खोल्न माग गर्दै आएका उनी १७ औं पटक अनसन बस्न डडेल्धुरा पुगेका थिए ।
गत कार्तिक १८ गते डडेल्धुरा पुगेर अनसन बसेका बेला उनले चिकित्सा शिक्षा ऐनमा संशोधन, अरबौंको ठगी गर्ने मेडिकल कलेजका सञ्चालकहरुलाई कारवाही र सुदूरपश्चिमको डोटी, डडेल्धुरामा मेडिकल कलेजको माग राखेको थिए । तर कालापानी, लिपुलेख र लिम्पियाधुरा सीमा विवादका कारण उनको सत्याग्रह कार्तिक २६ गते ९ औं दिनमा स्थागित भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार