सदियौँ छिमेकले साईनो लगाएर लुट्यो,
शन्तानको मनमष्तिक छक्काएर लुट्यो।
जब देशमा आउँछ बिपत त्यही बेलामा,
आर्थिक नाकाबन्दी उस्ले गराएर लुट्यो।
बिस्तारै अति क्रमण मा तल्लिन छिमेकी,
छोरी सँग रोजिको साईनो बताएर लुट्यो।
नदि नाला ढुङ्गा मुडा र खनिज नै छाडेन,
हाम्रो देश को श्रि सम्पत्ति पचाएर लुट्यो।
हाम्रा युवा उसको निमित्त लडेका हुँन्छन,
बेला बखत घरभित्रआगो जलाएर लुट्यो।
कयौँ पल्ट हाम्रो दुखःमा नुन चुक लगौन,
घाएल हुँदा नी हामि आफु रमाएर लुट्यो।
बिस्तारै फैलाउँछ आफ्ना बिषालु पञ्जा,
आकासमा कालो बादलझैँ छाएर लुट्यो।
सुरेशकुमार पान्डे।२७-०६-२०२०,