मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराको साँफे मार्तडी सडक तहस नहस (भिडीयो सहित)

बाजुराको साँफे मार्तडी सडक तहस नहस (भिडीयो सहित)

  • शनिबार, असार १३, २०७७
बाजुराको साँफे मार्तडी सडक तहस नहस (भिडीयो सहित)

लगातारको बर्षाले साँफे मार्तडी सडक खण्डको ठाउ ठाउमा पहिरो आएपछि मंगलवार राति बाट सडक अबरोध भएको छ । सडकको ठाउँठाउँमा पहिरो खस्दा सडक अवरुद्ध बने संगै यातायातका साधन तथा स्थानीयलाई समेत आवतजावत गर्न समस्या भएको छ ।
पहिराले बडिमालिका नगरपालिकाको पानिनाउला, बल्दे, अम्कोट, तिपाडा, लगायतका ठाउँमा सडकको माथि र तलबाट पहिरो सडक भासिएपछि यातायात सडक अवरुद्ध बनेको बताए छन् । मंगलवार देखी आएको वर्षाले पानीनाउलामा पहिरो गएपछि बुधवार बिहान बाट यातायातका साधन आशिंकरुपमा चल्ने गरेका छन।
सडक अबरोध भएपनि खुलाउनका लागि पहल हुन सकेको भए पनी रातभर माथी बाट आएको पहिरोले सडक अबरोध हुने गरेको छ । ठाँउ ठाँउमा पहिरो गएको छ, आवतजावतमा समेत निकै समस्या भएको स्थानीय शुशिल थापाले बताएका छन् । त्यस्तै बल्दे नजिकै भासिएको सडकमा यातायत संचालन गर्न अप्ठेरा भएकोले नया एलामेन्ट बदल्नु पर्ने अबस्था भएपनि सरकारको वेवास्ताले यो बर्ष पनि जोखिम हुने देखिएको छ ।
दुई बर्ष देखी साँफे मार्तडी सड्क अबरुद्ध हुदै आएको थियो । सड्क जोखिम रहेको सम्बन्धित निकायलाई जानकारी भएपनि कसैले वास्ता नगरेको नागरिक समाजका अगुवा शेर बहादुर शाहिले वताएका छन् । गएको बर्ष मात्र ३ महिना सडक अबरुद्ध भएको थियो ।
बिगत बर्ष बर्षातको समयमा त्यहि ठाँउमा पटक पटक सडक अबरोध हुदै आएको थियो । हिउँदमा त सडक भासिएको छ, बर्षात यो सडक बन्द नै हुने अबस्थामा पुगेको छ ।
सडक जोखिममा हुँदा सदरमुकाम मार्तडी, बाजुराको उत्तरी क्षेत्र हुम्ला र मुगुको आगमनमा समस्या हुने भएको छ । गत बर्षातमा सडक अबरोध यी क्षेत्रमा दैनिक उपभोग्य सामान औषधिको चरम अभाब भएको थियो । गत बर्ष त थोरै जोखिम रहेको थियो, यो बर्ष बैकल्पि बाटो नखोले बर्षातमा पुणर् रुपमा अबरोध हुने ब्यापारि हंश बहादुर सिंहले वताएका छन् । सरकारले बैकल्पि बाटो खोल्न चाडै पहल गर्नु पर्ने उनले वताए ।

चर्चामा

सम्बन्धित समाचार