सुरेशकुमार पान्डे– अगाडि तिम्रो भाई आमा बा जोसुकै आएपनि गोलि मार्नु पर्छ।हाम्रो मिशन कि त मार्ने कि मर्ने हुँनुपर्छ बुझ्यौ?सेतो दारी र कपाल टल्कियको मुखमा मास लगायको गेरु रंगको बर्कि ओडेको अधेड आयुको मान्छेले भन्दै सम्बोधन गरेको थियो।त्यँहा उभ्भिएका सबै जनाले आफ्नो सिर झुकाएर आदेशको मौन समर्थन गरेकाथिए।सर.सर.आकासले केहि सोध्न खोज्यो तर नजिकैको सिनियरले उस्को हात मा च्याप छोपेर चुप रहने आदेश दियो ईसारामा।बाता बर्ण चकमन्न हुँन्छ!त्यो सेतै फुलेको आदेश कर्ता ले फरक्कै फर्केर एकपटक आकाश लगायत सबै तिर नियाल्छ।उस्का आँखा राता देखिन्थे आफुले ओडेको बर्कि स्याप पार्दै उ एकछिनमै अदिश्य हुँन्छ।आकाश जंगे लगायतका केहि भर्खर आ-आफ्नो छुट्टि काटेर फर्किएका हुँन।
उनिहरुलाई छुट्टि पुरा नहुँदै फिर्ता बोलाईएको थियो। भोली बिहानै हामि सबै आफ्नो गनतब्यमा रवाना हुँनेछौ,सबैले आ आफ्नो तैयारी गर्नु!सिनियरले उनिहरुलाई आदेश गर्छ।यो सपेसल रेजिमैन्ट बोडरमा जानेहो लड्नका लागि।आकाश र जंगे गोर्खा सपेसल रेजिमेन्टका जिम्मेवार सैनिक हुँन।भर्खर आदेश गरेको सिनिएर कमान्डरले जस्ले आकासलाई बोल्न दिएको थिएन एक एक जोडा युनिफम दिँदै यो बर्दि मात्र होईन यो हाम्रो सम्मानिए कात्रो भनेर बुझ्नु पर्छ कोई सक?भन्दै उनिहरुलाई पिर्लुक्क हेर्छ!कोई सक छैन !सबैले एकै पटक समर्थन गर्छन।
हामि यो देशको रक्षक हौ!तसर्थ देशको रक्षागर्न जाँदैछौँ,उस्ले अगाडि भन्छ हामि कि मारेर आउँछौ उस्को लागि यमदुत बनेर कि मरेर जान्छौ यो कात्रो त्यसैको लागि हो कोई सक?उस्ले बिच बिचमा कोई सक भन्दै थियो र अरुले छैन भन्थे।उस्को यो सम्बोदन र निर्देशन आकाशलाई भर्खर बलिमा चडाउँन मनाएको जस्तै लागेको थियो।उस्ले आकाश तिर हेर्दै यो जिवन बतनको लागि हो कोई सक?छैन भन्दै आकाश उभियो।अनि बस्यो उस्ले आफ्नो सम्बोधनको बिट मारेर भित्र तिर जान्छ उनिहरु सबै मौन बसेका हुन्छन।जंगेलाई भने आफ्नो परम मित्र हरीप्रसादले भनेको कुरा “यदी भोली भारत र नेपालको बिचमा लडाई भयो भने तिम्ले बन्दुक कता पड्काउँछौ?”संझिन्छ,उति बेला जंगेको मनमा आकाश तिर पड्काउँछौ,भनमकी भन्ने कुरा आएको थियो तर त्यो हरिप्रसाद सँग गरेको ठट्टा महेशुर्ष गरेर उस्ले भनेन र हरिप्रसादलाईनै भन्न लगाएको थियो।हरिप्रसाद आदर्णिय बुद्धिजिवी हुँन।
उन्को राय गोर्खा भर्ती लाई बन्द गर्नु पर्छ भन्ने थियो।त्यो कुरा अहिलेको सम्बोधन -आफ्नो अगाडि आमा बा छोरा छोरी दाई भाई जो आएपनि मार्नुपर्छ भन्ने ले समरण गरायो।त्यही कुरामा जंगे डुबेको थियो।हुँनता उनिहरु यस्ता कयौँ अभियानमा लडेका यौद्धा हुँन तर पहिले यस्तो बिचारनै पलाएन।आकाशले भने त्यो आफ्नो हातमा रहेको युनिफौम तिर हेर्दै यो कात्रो भिरेर आफ्नो शन्तान र मात्रृत्व भुमि लाई सखाफ पार्न खानाको लागि,बरु कात्रोनै भिर्नेहो भने देश र आफ्ना सन्तानको रक्षाका लागि भिर्नु ठिकहोला भन्दै मनमा कुरा खेलाई रहेको बेला,टेबुलामा राखेको जंगेको मोवैलको रीङटङ्गले उनिहरुको ध्यान हटाई दिन्छ।
झसिङ्ग गर्दै जंगेले फोन उठाउँछ,हैलो बाबा सञ्चै हुँनुहुँन्छ?छोरीले सोध्छे जस्लाई केहिदिन पहिले काखमा खेलाउँदा खेलाउँदै छाडेर आउँनु परेको थियो।उस्ले छोरीको प्रश्नको उत्तर दिन बोलिनै फुट्दैन उ भाबुक हुँन्छ।हजूर बाबा के भयो?छोरीको आर्को पटक प्रश्न आउँछ-बेटा म मिटिङ्मा छुँ पछि कुरागरौँला भन्दै मोवेल बन्द गर्छ।जंगेलाई छोरी प्रणा भन्दा प्यारी थिई ,उस्लाई खेलाउँने रहर हुँदा हुँदै फर्किनु परेको थियो।आकाशले जंगेको मलिन अनुहार नियाल्छ र पढ्छ यो कात्रोको गम्भिर कथा।
(यो कथा काल्पनिक हो यसका पात्र,नाम र कसैको निजि जिवन सँग मिल्न गयकोमा मात्र संजोग हुँनेछ)