• होमपेज
  • समाज
  • आन्तरिक मामिला तथा कानुन मन्त्रि जम्कट्टेललाई स्वतन्त्र जनदबाब अभियानको ज्ञापनपत्र

आन्तरिक मामिला तथा कानुन मन्त्रि जम्कट्टेललाई स्वतन्त्र जनदबाब अभियानको ज्ञापनपत्र

  • शुक्रबार, असार १२, २०७७
आन्तरिक मामिला तथा कानुन मन्त्रि जम्कट्टेललाई स्वतन्त्र जनदबाब अभियानको ज्ञापनपत्र

गत जेठ १० गते पश्चिम रुकुम चौरजहारी ८ सोतीमा घटेको सामुहिक हत्याकाण्डको बिरुद्धमा आज स्वतन्त्र जनदबाब अभियान समुहले बागमति प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रि शालिकराम जम्कट्टेललाई ज्ञापनपत्र बुझाएको छ।रुकुम चौरजहारी सामुहिक हत्याकाण्डका दोषीहरुलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै आज स्वतन्त्र जनदबाब अभियानका संयोजक अनिलकुमार खातीले आन्तरिक मामिला तथा कानुन मन्त्रि जम्कट्टेलसमक्ष ज्ञापनपत्र बुझाउनु भएको हो।ज्ञापनपत्र बुझ्दै उहाले नेपालमा अझै समाज बिकशित नभएको बताउनु हुदै सबै मिलेर अघि बढ्न सके मात्रै यस्ता घटनाको निराकरण हुने बताउनु भयो।

सम्बन्धित सरोकार निकायहरुलाई हस्ताक्षर सङ्कलन तथा धर्ना कार्यक्रमसगैं ध्यानाकर्षण तथा ज्ञापनपत्र बुझाउंदै जाने अभियन्ता भुमिनन्द गौतमले बताउनु भयो।स्वतन्त्र जनदबाब अभियानले यसअघि रुकुम हत्याकाण्डको बिरोधमा बुद्ध चोकमा ५ दिने धर्ना तथा हस्ताक्षर अभियान सञ्चालन गर्नुका साथै बिभिन्न निकायलाई ध्यानाकर्षण बुझाइसकेको छ।यसै गरी गत जेठ ३२ गते प्रदेश सभा भवन अगाडी प्रदेशसभा सदस्यहरुको हस्ताक्षर सङ्कलन गरीसकेको छ।

चर्चामा

सम्बन्धित समाचार