आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • देश
  • बडिमालिका नगरपालिकामा आर्थिक बर्षको अन्तमा प्रमुख प्रशासकिय अधिकृत बिहिन

बडिमालिका नगरपालिकामा आर्थिक बर्षको अन्तमा प्रमुख प्रशासकिय अधिकृत बिहिन

  • शुक्रबार, असार १२, २०७७
बडिमालिका नगरपालिकामा आर्थिक बर्षको अन्तमा प्रमुख प्रशासकिय अधिकृत बिहिन

बाजुराको बडिमालिका नगरपालिका प्रमुख प्रशासकिय अधिकृत बिहिन बनेको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यज्ञराज अर्यालको सरुवा गरेपछि बडिमालिका नगरपालिका प्रमुख प्रशासकिय अधिकृत बिहिन बनेको बडिमालिका नगरपालिकाले जनाएको छ ।
बडिमालिका नगरपालिका कार्यलय प्रमुख बिहिन बनेपछि काम सम्पन्न भएका योजनाहरुको रकम भुक्तानि रोकिएको छ, त्यस्तै अन्य गतिबिधिमा समेत समस्या भएको छ । यज्ञराज अर्यालको गृहमन्त्रालयमा सरुवा भएर गइसकेका छन्, भने अर्को पठाउने वा कसैलाई आर्थिक अधिकार दिने हो कुनै जानकारी नभएको बिडमालिका नगरपालिका नगर प्रमुख पदम बडुवालले वताएका छन् ।
यज्ञराज अर्याल सरुवा भएको केही दिनमा बसेपनि अन्तमा नगर सभा सकेर उनि गृह मन्त्रालयमा हाजिर हुने गरी हिडेका हुन् । पटक पटक प्रमुख प्रशासकिय अधिकृत बारेमा बिवादीत हुदै आएको बडिमालिका नगरपालिका असार महिनामा आएर सरुवा हुनु र अर्को ब्यबयस्थापन हुन नसक्दा नगरपालिकाको गतिबिधिमा ठुलो असर परेको छ ।
प्रमुख प्रशासकिय अधिकृत अर्याल नगरपालिकामा बस्दा पटक पटक विवादित हुने गरेको पाईएको थियो । उनका बारेमा जिल्ला प्रशासन हुदै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्म ज्ञापन पत्र तथा कार्यवाहिका लागि निवेदन दिईएको बुझिएको छ ।
नेकपा बाजुराको भातृ संगठन अनेरास्वीयु बाजुराका संयोजक राजिब रोकाया र राष्ट्रिय युवा संघ नेपाल बाजुराका संयोजक सन्तोष बिक द्धारा हस्ताक्षरिय निबेदन कार्यकारी अर्यालका बिरुद्ध संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलमा उजुरी दिइएको थियो । जेठ ८ गते अर्यालले बडिमालिका नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत तथा जिल्ला समन्वय अधिकारीले गलत मनासयमा राजनिति गरेको भन्दै ५ वटा बुद्धामा मन्त्रालयमा कार्यवाहिका लागि माग गरेको थियो ।
अर्यालले नगरपालिकामा तथा जिल्ला समन्वयको कार्यलयमा राजनितिक गरेको भन्दै त्यो भन्दा पहिला तत्कालिन प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपाने समक्ष कार्यवाहिका लागि माग गरेको थियो । तर अर्यालले भने आफुले कुनै राजनितिक नगरेको दाबि गर्दै आएका थिए । अर्याललाई राजनितिक प्रतिसोधले सरुवा गरेको नगरप्रमुखको आरोप रहेको छ ।
नगरपालिकामा सकेसम्म प्रमुख प्रशासकिय अधिकृतको ब्यबस्थापन हुन नसक्नु भएपनि धेरै बस्न नसक्नुले पनि नगरपालिका गतिबिधिमा ठुलो असर परेको देखिन्छ । असार महिनामा सरुवा हुनुले त झनै नगरपालिकाका बिकास तथा आर्थिक गतिबिधिमा ठुलो असर परेको देखिन्छ ।

चर्चामा

सम्बन्धित समाचार