गत जेठ १० गते पश्चिम रुकुम चौरजहारी ८ सोतीमा घटेको सामुहिक हत्याकाण्डको बिरुद्धमा आज स्वतन्त्र जनदबाब अभियान समुहले बागमति प्रदेशका मुख्यमन्त्रि डोरमणी पौडेललाई ज्ञापनपत्र बुझाएको छ।
रुकुम चौरजहारी सामुहिक हत्या काण्डका दोषीहरुलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै आज स्वतन्त्र जनदबाब अभियानका संयोजक अनिलकुमार खातीले मुख्यमन्त्रि डोरमणी पौडेलसमक्ष ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्र बुझ्दै उहाले यो घटनामा आफुहरु पिडितको साथमा रहेको बताउनु भयो। साथै उहाले यस्ता घटना हुन नदिन सबै लाग्नु पर्ने बताए ।
सम्बन्धित सरोकार निकायहरुलाई हस्ताक्षर सङ्कलन तथा धर्ना कार्यक्रमसगैं ध्यानाकर्षण तथा ज्ञापनपत्र बुझाउंदै जाने अभियन्ता भुमिनन्द गौतमले बताए।स्वतन्त्र जनदबाब अभियानले यसअघि रुकुम हत्याकाण्डको बिरोधमा बुद्ध चोकमा ५ दिने धर्ना तथा हस्ताक्षर अभियान सञ्चालन गर्नुका साथै बिभिन्न निकायलाई ध्यानाकर्षण बुझाइसकेको छ। यसै गरी गत जेठ ३२ गते प्रदेश सभा भवन अगाडी प्रदेशसभा सदस्यहरुको हस्ताक्षर सङ्कलन गरीसकेको छ ।