मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • देश
  • बाजुराकाे बुढिगंगामा १८ जना कोरोना संक्रमितलाइ घर पठायो

बाजुराकाे बुढिगंगामा १८ जना कोरोना संक्रमितलाइ घर पठायो

  • बिहिबार, असार ११, २०७७
बाजुराकाे बुढिगंगामा १८ जना कोरोना संक्रमितलाइ घर पठायो

बाजुरामा सञ्चो नहुदै कोरोना संक्रमितलाई घर पठाइरहेका छन् । संक्रमित भएको १४ दिन सम्म कुनै पनि लक्षण चिन्ह नदेखिएको भन्दै संक्रमितलाइ घर पठाइरहेको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ ।
बुढिगंगा नगरपालिकाका १ धुरालसैन क्वारेनटाइनमा बसेका १७ जना कोरोना पोजेटिभ, वडा नम्बर २ बसन्त प्राबि क्वारेनटाइनमा रहेकि १ जना कोरोना संक्रमितलाई बुढिगंगा नगरपालिकाले घर पठाएको छ । बसन्त प्राबिमा रहेका आरडिटि पोजेटिभ आएका तर पिसिआर रिपोट नआएका ११ जनालाई पनि घर पठाईएको स्वास्थ्यकर्मीले वताएका छन् ।
१४ दिन सम्म राखिसक्यौ, अर्को रिपोट आउने कुनै अत्तोपत्तो छैन्, अहिले कसैलाई पनि अफ्ठयारो भएको छैन्, घरको आइसोलेसनमा बस्ने कागज बनाएर मात्र घर पठाएको धुरालसैन क्वारेनटाइनमा कोरोना संक्रमितको उपचार गररहेकि अनमि दिया सिंहले वताएकि छन् । कसैमा पनि लक्षण चिन्ह नेदेखिएपछि सकारको मापदण्ड अनुसार घर पठाएको उनले वताईन् ।
यो भन्दा पहिला पनि जिल्ला अस्पतालको आइसोलेसनमा रहेकि कोरोना संक्रमितलाई पनि सञ्चो नहुँदै घर पठाइएको थियो । बडिमालिका नगरपालिका ३२ जना संक्रमित पनि गाँउमै रहेका छन् । आरडिटि पोजेटिभ भएका पिसिआर रिपोट नआउदै घर पठाएका ३२ जना घर पठाएको एक दिन पछि कोरोना भएको पुष्टि भएको थियो ।
सरकारले पनि सञ्चो नहुदै घर पठाइरहदा बाजुरामा कोरोना संक्रमितहरु खुलेआम गाँउमा घुमिरहेको छन् । बडिमालिका नगरपालिकामा कोरोना संक्रमितलाइ क्वारेनटाइन बाट घर पठाएपछि उनिहरु गाँउ घुमिरहेका पाईएको छ ।
कोरोना संक्रमितलाई घरमा होम आइसोलेसन प्रयोग गर्ने गरी पठाएको भएनि कसैले पनि होम आइसोलेसनका मापदण्ड अनुसार प्रयोग नगरेको पाईएको छ । एकजना कोरोना संक्रमितले भने घर सबै परिवारलाई बस्नलाई त कोठा छैन्, कहाँ अलगै बस्नु सबै सँगै बसिरहेको वताएका छन् । अर्को कोरोना संक्रमित कसरी बसिरहेका छन्, अबस्था के छ भन्ने कुनै जानकारी समेत नभएको पाईएको छ ।
जनस्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्त भन्छन्, सरकारको मापदण्ड अनुसार लक्षण नदेखिएको १४ दिन पुरा गरेकोलाई घर पठाउने निति अनुसार घर पठाएको बताउँछन् । कोरोना संक्रमितको सम्पर्कमा आएका कसैको पनि न आरडिटि जाँच गरेको छ, न पिसिआर जाँच गरेको पत्रकार महासंघ बाजुरा शाखाका पुर्व अध्यक्ष मदन राजैशीले वताएका छन् । उनले थपे समुदायमा संक्रमण फैलिसकेको छ, चेकजाँच नभएर मात्र हो ।
त्यस्तै बुढिगंगा नगरपालिका धुरालसैन माबिको क्वारेनटाइनमा १९ जना कोरोना पोजेटिभ भेटिए । उनिहरु सँगै बसेका स्वाब लिएको ११ दिन पछि रिपोट आएका १ सय ७ जना पनि घर गएपछि गाँउनै त्रसित बनेको छ । सरकारको गैर जिम्मेवारीका कारण कोरोना संक्रमित सँग बसेका घरमा आएका छन्, उनिहरु निर्वाध रुपमा गाँउ डुलिरहेका स्थानिय लक्ष्मण थापाले वताएका छन् । गाँउमा कोरोना त फैलिरहेको छ, तर चेकजाँच नभएर रहेको वताएका छन् । आजभोली सामान्य ज्वरो खोकी लागेका रोग लुकाएर बसिरहेका छन् । कोरोना होकी चेक गरे थाहा हुन्छ भने स्वास्थ्य चौकीमा चेक गर्न समेत नजाने गरेको स्थानियले वताएका छन् ।
बाजुरामा .६ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको पुष्टि भएको छ । बिहिवार आएको रिपोटमा ६ जनामा संक्रमण भएको पुष्टि भएको थियो । संक्रमण मध्ये ४ जना बडिमालिका नगरपालिकाका स्वास्थ्यकर्मी, एकजना स्वास्थ्य कार्यलय बाजुरा र एकजना अस्पतालको कर्मचारीमा भेटिएका हुन् । सबैजना उपचारमा तथा चेकजाँच गरिरहेकामा देखा परेको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ ।
बिहिवार साँझ सम्म बाजुरामा कोरोना संक्रमितको संख्या १ सय २ पुगेको छ । बडिमालिका नगरपालिकामा ४०, बुढिगंगा नगरपालिकामा २६, त्रिबेणी नगरपालिकामा ३५, जगन्नाथ गाँउपालिकामा १ र स्वामिकार्तिक खापर गाँउपालिकामा १ जना रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार