शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • त्रिवेणी
  • त्रिवेणी नगरपालिकाको बजेट ३८ करोड ६९ लाख

त्रिवेणी नगरपालिकाको बजेट ३८ करोड ६९ लाख

  • बिहिबार, असार ११, २०७७
त्रिवेणी नगरपालिकाको बजेट ३८ करोड ६९ लाख

त्रिवेणी नगरपालिकाले ३८ करोड ६९ लाख ५१ हजार ९ सय ७० रुपैयाको बार्षिक बजेट विनियोजन गरेको छ । सातौ नगर सभामा नगर उपप्रमुख राधिका सुनारले उक्त बजेट प्रस्तुत गर्नु भएको हो । त्रिवेणी नगरपालिकाको नगर सभा स्वास्थ्य कृषि र शिक्षामा लगानी गरौं, बेरोजगार युवालाई स्वरोजगारी सिर्जना गरौं, कोविट १९ को संक्रमणबाट बचौं भन्ने नाराका साथ सुरु भएको नगर प्रवक्ता प्रेमबहादुर थापाले बताएका छन् ।

नगरपालिकाले दीगो विकास र गरिबी घटाउने गरि बजेटलाई प्राथमिकतामा राख्ने नीति लिएको छ । उत्पादक मुलक काम र छिटो प्रतिफल प्राप्त गर्न सक्ने र जनताको जीवनमा आम्दानी हुने तथा रोजगारी बढ्ने क्षेत्रमा बजेटलाई प्राथमिकतामा राखेको नगर प्रमुख रामसिंह रावलले बताएका छन् ।

नगरपालिकाले संघिय सरकार मार्फत वित्तिय समानीकरण अनुदान १० करोड ८० लाख, राजस्व बाँडफाँड बाट ७ करोड ५० लाख ८५ हजार ५ सय ७० । ससर्त अनुदान १७ करोड २२ लाख बजेट प्रस्तुत गरेको छ ।

यस्तै प्रदेश सरकारबाट वित्तीय समानीकरण ६८ लाख ८४ हजार, बिशेष अनुदान ६८ लाख, समपुरक कोष अनुदान ४७ लाख ७ हजार, स्थानीय सरकारबाट राजस्व असुली ५० लाख, युनिसेफबाट २८ लाख २४ हजार २ सय र बाल केन्द्रीय जोखिम न्यूनिकरण वापत ३८ लाख ६८ हजार २ सय रुपैयाको बजेट प्रस्तुत गरेको हो ।

त्यस मध्ये कोविड १९ प्रतिकार्य पूर्व तयारीमा ७ लाख ५० हजार खर्च बजेट छुट्याईएको छ । भने । कुल बजेट मध्ये चालुमा ६ करोड र पुजिगत तर्फ १४ करोड १० लाख ३ हजार ५ सय रुपैया विनियोजन गरिएको छ ।

आर्थिक विकास तर्फ २ करोड ५० लाख, सामाजिक विकास तर्फ ३ करोड, भौतिक पूर्वाधार तर्फ ५ करोड ८ लाख, वातावरण तथा विपत व्यवस्थापन २ करोड २ लाख ३ हजार ५ सय, शुसासन प्रवद्र्धन संस्थागत विकास तथा मानव संसाधन तर्फ १ करोड  ५० लाख रुपैया विनियोजन गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार