शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • स्वामीकार्तिक खापर गाउँपालिकाकाे बजेट ३९ करोड, ९१ लाख

स्वामीकार्तिक खापर गाउँपालिकाकाे बजेट ३९ करोड, ९१ लाख

  • बुधबार, असार १०, २०७७
स्वामीकार्तिक खापर गाउँपालिकाकाे बजेट ३९ करोड, ९१ लाख

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले गाउसभामा ३९ करोड, ९१ लाख ६४ हजार रुपैयाको अनुमानित बजेट विनीयोजन गरिएको छ । भौतिक पूर्वाधार समितिका संयोजक विरजित कट्टेलले प्रस्तुत गरेकाे बजेटमा भौतिक पूर्वाधार तर्फ रु ७ करोड १५ लाख, आर्थिक विकास तर्फ २ करोड ५० लाख, सामाजिक विकास तर्फ ३ करोड, संस्थागत विकास र सुशासन तर्फ २५ लाख, वातावरण तथा विपद ब्यवस्थापन तर्फ ६० लाख विनियोजन गरिएको छ ।

गाउँपालिकाले संघिय सरकारबाट प्राप्त वितिय समानिकरणको ९ करोड, सर्सत अनुदान १४ करोड ३२ लाख, संघिय राजस्व बाँडफाँडबाट ५ करोड ८३ लाख, प्रदेशको समानीकरण अनुदान १ करोड ८४ लाख , विशेष अनुदा २ करोड ६८ लाख गापाको अन्दाजी आय ३ करोड गत बर्षको नगद मौजात ३ करोड गरी सो रकमको आय ब्यय प्रस्तुत गरेको हो । गाँउपालिकाका अध्यक्ष चिरिञ्जिवि शाहिकाे अध्यक्षतामा गाँउसभा भएकाे थियाे ।

चर्चामा

सम्बन्धित समाचार