• होमपेज
  • देश
  • डाक्टर गोविन्द केसी बाजुराको कोल्टि पुगेर आइसोलेसनमा रहेका बिरामीको उपचार गरे

डाक्टर गोविन्द केसी बाजुराको कोल्टि पुगेर आइसोलेसनमा रहेका बिरामीको उपचार गरे

  • बुधबार, असार १०, २०७७
डाक्टर गोविन्द केसी बाजुराको कोल्टि पुगेर आइसोलेसनमा रहेका बिरामीको उपचार गरे
फाेटाे क्यापसन : डा. गोबिन्द केसी र डा‍. राजुराज जैशीआइसोलेसनमा रहेका बिरामीको उपचार गर्दै

निशुल्क स्वास्थ्य सेवा दिनका लागि बाजुराको कोल्टि पुगेका डा. गोबिन्द केसीले आइसोलेसनमा रहेका बिरामीको उपचार गरेका छन् । दाँया हातकाे पाखुराको जाेर्नि फुस्कीएर आइसोलोसनमा भर्ना भएका एक जना बिरामीको चेकजाँचका साथै उपचार गरेको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. राजुराज जैशीले वताएका छन् ।
क्वारेनटाइनमा बसिरहेका ति पुरुष दाँया हातको पाखुराकाे जाेर्नि फुस्कीए पछि कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा भर्ना भएका थिए । डा. केसी कोल्टि आए सँगै उहाँले स्वास्थ्य सुरक्षा साम्रागी लगाएर बिरामीको चेकजाँच गरेको जोशीले वताएका छन् । उनकाे उपचारमा डा. राजुराज जैशीले पनि सहयाेग गरेका थिए । उनले बुधवार कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामीको चेकजाँच गरेर बुधवार नै हुम्लाको ताजाकोट गाँउपालिका लागेको डा. राजुराज जैशीले वताएका छन् । एक हप्ता त्यहाँ बसेर फिर्ता भएपछि कोल्टिमा केही दिन बसेर उपचार गर्ने केसीले बडिमालिका खबरलाई बताएका छन् ।


मंगलवार मात्र औषधि सहित बाजुराको कोल्टि र हुम्लाको मैलाका लागि हिडेका थिए । चिकित्सा क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसी डडेल्धुरा बाट बाजुरा पुगेका छन् । दुई महिना डडेल्धुरा अस्पतालमा निःशुल्क सेवा गरेर अन्य पहाडी जिल्लामा घुम्ने क्रममा उनी बाजुरा पुगेका थिए । दुई दिन सम्म जिल्ला अस्पताल बाजुरामा सेवा दिएका उनि बाजुरा र हुम्लाका दुर्गम ठाँउमा रहेका स्वास्थ्य संस्थामा बसेर केही दिन सेवा दिने भएका छन् । उनि उपचार मात्र नभई बिरामीलाई औषधि समेत निशुल्क वितरण गर्ने गरेका छन् ।


डाक्टर केसीले यो भन्दा पहिला बझाङ्ग, दार्चुल्ला, बैतडी लगायत जिल्लामा पुगेर सेवा दिइसकेका थिए । बाजुरा रहँदा उनले समग्र जिल्लाको स्वास्थ्य अवस्थाको बारेमा बुझ्नुका साथै बिरामीको उपचार समेत गर्ने जिल्ला अस्पताल बाजुराका डा. रुपचन्द्र बिश्वकर्माले वताएका छन् । केसी बाजुरा र हुम्लाका दुर्गम गाँउको स्वास्थ्य अबस्था समेत बुझने रहेको छ ।
बेलाबेलामा मेडीकल माफिया, नेपालको स्वास्थ्य क्षेत्रमा भएको दुराचार, अवैध तथा अनियमित व्यवस्थाको विरोध तथा मेडीकल कलेज खोल्न माग गर्दै आएका उनी १७ औं पटक अनसन बस्न डडेल्धुरा पुगेका थिए ।


गत कार्तिक १८ गते डडेल्धुरा पुगेर अनसन बसेका बेला उनले चिकित्सा शिक्षा ऐनमा संशोधन, अरबौंको ठगी गर्ने मेडिकल कलेजका सञ्चालकहरुलाई कारवाही र सुदूरपश्चिमको डोटी, डडेल्धुरामा मेडिकल कलेजको माग राखेको थिए । तर कालापानी, लिपुलेख र लिम्पियाधुरा सीमा विवादका कारण उनको सत्याग्रह कार्तिक २६ गते ९ औं दिनमा स्थागित भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार