बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • समाज
  • पूर्ब प्रेमीले तनाव दिएपछि आत्महत्या

पूर्ब प्रेमीले तनाव दिएपछि आत्महत्या

  • बुधबार, असार १०, २०७७
पूर्ब प्रेमीले तनाव दिएपछि आत्महत्या

विराटनगर : विहे गर्न अस्वीकार गरेका प्रेमीले ‘ब्ल्याकमेल’ गर्दै तनाव दिन थालेपछि विराटनगर महानगरपालिका–३ मा बस्दै आएकी एक युवतीले आत्महत्या गरेको घटना बाहिर आएको छ। उदयपुरको बेलका नगपालिका–२ घर भएकी २४ वर्षीया श्वेता पोखरेलको शव झुण्डिएको अवस्थामा आइबार साँझ फेला परेको थियो ।

प्रहरीले घटनाको अनुसन्धान अघि बढाएपछि घटना आत्महत्या नभइकन आत्महत्या दुरुत्साहन रहेको पत्ता लागेको छ । पारिवारिक स्रोतका अनुसार प्रेमी मोरङको सुन्दरहरैंचा नगरपालिका–१० का २५ वर्षीय सविन पराजुलीले विहे गर्न अस्वीकार गरेपछि उनको विराटनगरकै अर्का युवकसँग विहेको निधो भएको थियो।

विराटनगरमा डेरा गरेी महेन्द्र मोरङ क्याम्पसमा अध्ययनरत श्वेता, शौर्य बचत तथा ऋण सहकारी संस्थामा काम गर्थिन् । उनी एउटै क्याम्पसमा पढ्ने सविनसँग तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार सविनले विहे गर्न नमानेपछि पारिवारिक सल्लाह बमोजिम असार १४ गते उनको मागी विहे गर्ने गरी सोमबार फूलमालाको तयारी गरिएको पाइएको छ।

तर आइतबार साँझ नै झुण्डिएको अवस्थामा श्वेताको शव फेला परेपछि घटनाको अनुसन्धान अघि बढाएको प्रहरीले अर्कै युवकसँग प्रेमिकाले विहे गर्न लागेको थाहा पाएका सविनले विहे भाँड्ने योजन अनुरुप विभिन्न हर्कत गरेको पत्ता लगायो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार सविनले प्रेम सम्बन्धमा रहँदा श्वेतासँग खिचेका तस्बिरहरु बाहिर ल्याएर तनाव दिन थालेको खुलेको छ।

‘बाहिरिएका तस्बिरहरु श्वेताको विहे हुने घरसम्म पुग्यो । उनका हुनेवाला पतिले पनि आफूसँग विहेको तयारी गरेकी युवती अर्कै युवकसँग पहिले नै प्रेममा रहेको चाल पाए,’ राईले भने, ‘विहे गर्न राजी भएका युवकले अर्कै युवकसँगै बसेर खिचेको फोटो देखिसकेपछि पहिले नै प्रेममा रहेको भन्दै श्वेतालाई विहे नगरौं पनि भनेछन् । फूलमालाको अघिल्लो दिनसम्म आइपुग्दा सविनबाट पनि श्वेतालाई अनेक खाले तनाव र यातना दिएर आत्महत्या गर्न बाध्य पारेको पाइयो ।’

उनका अनुसार विहे गर्ने तयारीमा रहेका युवकले श्वेतालाई ‘तिमी यति धेरै मायामा रहिछौ, अब हामी विहे नगरौं’ भनेको पनि पाइएको छ । सविनले बारम्बार दिइरहेको तनाव र प्रेममा रहँदा खिचेको फोटो सार्वजनिक गरिदिएपछि आफ्ना पति हुन लागेका युवकले चाल पाएको विषयमा श्वेताले यूएईमा रहेकी आफ्नी दिदीलाई पनि म्यासेजमार्फत जानकारी गराएकी थिइन् । दिदीले केही हुँदैन भन्दै सान्त्वना दिएर विहेको तयारीमा जुट्न बहिनीलाई भनेको प्रहरीले जनाएको छ।

आफूसँग खिचेका फोटो सार्वजनिक गर्दै पूर्व प्रेमी सविनले विहे भाँड्न खोजेपछि युवतीले अन्तत आत्महत्याको बाटो रोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी राईको भनाइ छ । परिवारले भोलिपल्ट विहेका लागि फूलमायाको तयारी गरिरहँदा श्वेताले अघिल्लै दिन आइतबार साँझ ६ बजे झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।

श्वेताकी बहिनी सरिताले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले सविनलाई मंगलबार पक्राउ गरेर आत्महत्या दुरुत्साहन मुद्दा चलाउन म्याद थप गरी अनुसन्धान अघि बढाएको छ । श्वेतासँग जीवन नविताउने निर्णयमा पुगेका सविनले उनको विहे भाँड्नका लागि गरेका अनेक हर्कत र दिएको तनावका कारण अन्ततः श्वेताले आत्महत्याको बाटो रोजेको निष्कर्षमा प्रहरी पुगेको छ ।

डीएसपी राईले प्रहरीमा परेको जाहेरीमा उल्लेख भएअनुसार सविनसँग श्वेताको प्रेम सम्बन्ध, प्रेम सम्बन्ध विवाहमा बाँधिन नसकेपछि निधो गरिएको दोस्रो विवाह र त्यसपछि पुनः सविनले दिनको अनेक यातनाका विषयमा त्रिकोणात्मक तवरबाट अनुसन्धान अघि बढाइएको बताए । पोस्टमार्टमपछि श्वेताको शवको परिवारले दाहसंस्कार गरिसकेका छन्।

चर्चामा

सम्बन्धित समाचार