शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बलिउड/हलिउड
  • हलिउड निर्माता स्टीव बिंगले आत्महत्या गरे

हलिउड निर्माता स्टीव बिंगले आत्महत्या गरे

  • बुधबार, असार १०, २०७७
हलिउड निर्माता स्टीव बिंगले आत्महत्या गरे

एजेन्सी । हलिउड निर्माता स्टीव बिंगले आत्महत्या गरेका छन् । ५५ वर्षिय स्टीवले २७ तल्लामाथिबाट हामफालेर आत्महत्या गरेका हुन् ।

उनले सोमबार दिँउसो आफू बसिरहेकै अर्पाटमेन्टबाट हाम फालेका थिए । कोरोना भाइरसको उपचारार्थ आइसोलेशनमा बसिरहेका कारण उनमा निराशा छाएको थियो ।

अमेरिकाको लस एन्जलस स्थित सेन्चुरी सिटीको लक्जरियस अपार्टमेन्टमा बसिरहेका स्टीवले सोही अपार्टमेन्टबाट हामफालेका थिए । घटनास्थलमै उनको ज्यान गएको थियो ।

स्टीवले आफ्हनो जुरबुबाको ६०० मिलियन डलरको बिजनेस विरासतमा पाएका थिए । सो व्यापार पाएपछि उनी सिनेमा निर्मातासँगै व्यापारी पनि बनेका थिए । स्टीवले ‘गेट कार्टर’, ‘एवरी ब्रेथ’, ‘द पोलर एक्सप्रेस’ लगायतका चलचित्र निर्माण गरेका थिए। (नवभारत टाइम्स)

चर्चामा

सम्बन्धित समाचार