बिश्वब्यापी मान्यतालाई आत्मसात गर्दै नेपाल सरकारले स्वास्थ्य सेवा प्रभावकारी बनाउन औसधि ऐन – २०३५,राष्ट्रिय जनस्वास्थ्य ऐन २०७४,स्वास्थ्य नीति २०७६,राष्ट्रिय औसधि नीति २०५१ र अस्पताल फार्मेसी सेवा निर्देशिका -२०७२ लाई पालना गर्दै अगाडि बढनु समग्र नेपालको स्वास्थ्य क्षेत्रमा प्रगतिको मुल ढोका हो।स्वास्थ्य सेवा लाई गुणस्तरिय बनाउन सबै जनशक्तिको भुमिका आआफ्नो हुन्छ चाहे डाक्टर,नर्स,जनस्वास्थ्यकर्मी हुन वा पारामेडिकल फार्मेसी नै सबैको सामुहिक दायित्वले महत्त्वपूर्ण भुमिका सबैमा जगजाहेर छ।
नेपालको संविधानले स्वास्थ्य लाई मौलिक हकका रुपमा मान्यता दिदै बदलिँदो समयमा यसलाई परिमार्जन गर्नु जायज छ।कुनै पनि रोगको निदानमा औसधि महत्त्वपूर्ण र संबेदनसिल बिसय हो।यसको समउचित प्रयोग ,भण्डारण,बिक्रीवितरण र दुरुपयोग र निरीक्षण जस्ता मापनहरु औसधि बिज्ञ फार्मेसी जनशक्तिले गर्दै आएको बिश्वब्यापी मान्यता लाई नेपाल देशले पनि आत्मसात गर्नु उचित देखिन्छ र हुनेछ ।पछिल्लो समय नेपाल सरकार का सरोकारवाला निकाय चुस्त दुरुस्त नहुदा,महत्त्वपूर्ण जिम्मेवारीमा झारो तार्दा औसधिजन्री बस्तु तथा सेवामा खलल पुगेको सर्वबिदितै छ र औसधि जस्तो महत्त्वपूर्ण संबेदनसिल विषयमा राज्य स्थर बाट नसोच्दा भयावह स्थिति सृजना हुने देखिन्छ।स्वास्थ्यकर्मिको हतियारको बलमा सिङ्गो बिश्व जगत संगै नेपाल पनि कोरोना सङ्ग युद्धस्तरमामा जुटेको छ।प्रदेश तथा स्थानीय तहको सङठन र सङरचनामा नेपाल प्रशाशनिक प्रशिक्षण प्रतिस्ठानले सुदुरपश्चिम प्रदेश लगायत अन्य प्रदेश लाई पहिलो मस्यौदा प्रतिवेदनमा फार्मेसी जनशक्ति लाई निरुत्साहित र स्वास्थ्य सेवामा भुमिकाहीन बनाउन खोजिएको छ।
यो गलत छ।अहिले सम्म फार्मेसी पेशा राज्री स्तर बाट खुम्च्याइको छ।अझै केही मानसिकता बाट गुज्रिएको प्रष्ट देखिन्छ।स्वास्थ्य सेवामा फार्मेसी जनशक्ति लाई निरुत्साहित मान्य हुदैन।यसले स्वास्थ्य सेवाको परिधी र चेन मा दुर्घटना निम्त्याउछ सक्छ।सामाजिक बिकास मन्त्रालय अन्तर्गतका कतिपय ठाँउ जहाँ फार्मेसी जनशक्तिको अपरिहार्य भुमिका हुन्छ ।” जहाँ औसधि त्यहा फार्मेसिस्ट” भन्दा पनि फार्मेसी जनशक्ति माथि ढोका बन्द गरिनु ठुलो प्रहार र षड्यन्त्र भएको छ।हामिलाई मान्य हुने छैन ।त्यस प्रतिबेदनमा फार्मेसी जनशक्ति निशेध गरिएको र अविलम्ब सच्याउन पर्ने जरुरी साखा यसप्रकार छन् ।
१- स्वास्थ्य सरसफाइ तथा पोषण अन्तर्गत नीति,योजना,अनुगमन तथा तथ्यांक शाखा
२- स्वास्थ्य सामाग्री खरिद,भण्डार तथा आपूर्ति शाखा
३-स्वास्थ्य बिकास बिकाश तथा स्वास्थ्य बिमा साखा
४- स्वास्थ्य ब्यबसाय निरीक्षण तथा नियमन शाखा
५- आपतकालीन सेवा साखा
६-जनस्वास्थ्य शाखा -औसधिजन्य ब्यबसाय निरीक्षण,अनुगमन र नियमन,औसधिको Buffer stock,जनस्वास्थ्य सुचना,खोप पोषण,स्वास्थ्य सस्थाको क्षमता बिस्तार
७- प्रादेशिक अस्पताल,क्षेत्रीय,जिल्ला,स्थानीय तहका अस्पताल , सामुदायिक सरकारी / प्राइभेट अस्पतालमा अस्पताल फार्मेसी निर्देशिका -२०७२ अनुसार फार्मेसी दरबन्दी कायम। राज्य सम्यन्त्रले नेपालमा रहेका हजारौं फार्मेसीस्ट,सहायक फार्मेसिट र त्यतिनै संख्यामा पढ्दै गरेका जनशक्ति को भबिस्य तुसारापात गर्ने छुट कसैलाई हुदैन। फार्मेसी जनशक्ति लाई स्वास्थ्यसेवा दिन बाट बिमुख गर्नु संविधान तह उल्लेख नेपाल सरकारको परिकल्पना बिपरित छ ।
( बुढा नेपाल फार्मेसी संघ सुदुरपश्चिम प्रदेश नेपालका सचीव हुन)