शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • कला /साहित्य
  • बाटोनै रोज्दैन देश बिकासको नीति

बाटोनै रोज्दैन देश बिकासको नीति

  • मङ्लबार, असार ९, २०७७
बाटोनै रोज्दैन देश बिकासको नीति

असमान सन्धि किन होनहर लाग्छ,
लोभी निरही मलाई सरकार लाग्छ।

संसद भित्र पठाउँछौ रक्षक बनाएर,
देश टुक्रा पार्न उनैलाई हतार लाग्छ।

बाटोनै रोज्दैन देश बिकासको नीति,
सन्धि र सम्झौता मात्र करार लाग्छ।

सदै खसि दिएर फर्शि ल्याउँने गर्दा,
हाम्रो देशनै भयको नाङ्गेझार लाग्छ।

जनता लाई सदियौँ देखि मराउँने त,
नेता लाई फाईदा को ब्यापार लाग्छ।

अब कस्लाई पठाउँ सरकारमा हामि,
धेरै राष्ट्रकै जराकाट्ने औजार लाग्छ।

देश र जनताहरु लाई अचानो बनाई,
निजि स्वार्थ मा हान्ने त्यो मार लाग्छ।

पक्ष बिपक्षलाई कमिसन खान हतार,
देशलाई एम सी सी ठुल़ो भार लाग्छ।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार