आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • बडिमालिका
  • बन्यजन्तुको छाला र हड्डी सर्बजनिक गरि जिल्ला बन डिभिजनलाई बुझायो (भिडियाे सहित)

बन्यजन्तुको छाला र हड्डी सर्बजनिक गरि जिल्ला बन डिभिजनलाई बुझायो (भिडियाे सहित)

  • मङ्लबार, असार ९, २०७७
बन्यजन्तुको छाला र हड्डी सर्बजनिक गरि जिल्ला बन डिभिजनलाई बुझायो (भिडियाे सहित)

 पदम बहादुर सिंह — बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धाराबाट बन्यजन्तुको छाला हड्डी पित्त सहित तीन जनालाई पक्राउ परेका छन् । बडिमालिका नगरपालिका ५ का एक जना र त्रिबेणी नगरपालिका वडा नम्बर ६ र ७ का दुई जनालाई त्रिबेणी नगरपालिका ६ पन्धाराका लालबहादुर बुढाको घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक दानबहादुर रोकायाले जानकारी दिए । लकडाउनको समयमा बन्यजन्तुको चोरी सिकारी बडेको जनगुनासो लाई प्रहरीले अनुसन्धान थालेको थियो ।

अनुसन्धाकको क्रममा गोप्य सूचनाका आधारमा जंगली जनावरको चोरी सिकारी र पैठारी गर्ने गरेको खवर पछि मंगलबार राती पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बाजुरामा ल्याइएको प्रहरी निरीक्षक रोकायाले बताए । घर धनी त्रिबेणी नगरपालिका ६ का लालबहादुर बुढा फरार रहेका छन भने त्रिबेणी नगरपालिका ६ पन्धाराका अन्दाजी ४० वर्षिया रामबहादुर अएडी सोही ठाउका २३ वर्षिया खगेन्द्र सड्का र बडिमालिका नगरपालिका ५ का बिर्ख साउदलाई पक्राउ गरेको प्रहरी निरिक्षक रोकायाले बताए ।

लालबहादुर बुढाको घरबाट बाघको छाला २ , धोरलको छाला २ रतुवाको छाला २ बिभिन्न जंगली जनावरका हड्डीहरु भालुका पित्त लगायतका बस्तु पैठारी गर्ने गरेको गोप्य सूचनाको आधारमा प्रहरी टोलीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसंन्धान भई रहेको रोकायाले बताए । पक्राउ गरिएको बस्तु जिल्ला बन कार्यालयलाई बुझाउने र जिल्ला बन कार्यालयले बन ऐन सम्बिन्धि कानूनी कार्बाही गर्ने प्रहरीले बताए ।

जिल्ला बन कार्यालयका रेन्जिर राजन कुवरले संरक्षण बन्य जन्तु र अन्य बन्यजन्तु सम्बन्धि कानून भिन्न हुन्छ । बिधि बिज्ञान प्रयोग शालामा परिक्षण गरि रिर्पो आएपछि के कानून लाग्ने बताए । नेपालमा २६ प्रजातिका स्तनधारी जनावर छन् । नौ प्रचातिका चरा र अन्य घिस्रने प्रजातिका हुन्छन् । त्यो मध्ये संरक्षित बन्यजन्तु भएछ भने ५ लाख देखी १० लाखसम्म जरीवाना ५ वर्ष देखी १० वर्ष कैद वा दुबै सजाए हुने हुन्छ भन्य अन्यको हकमा २० हजार जरीवाना वा ६ महिना कैद वा दुबै सजाए हुने कानून छ ।

https://www.youtube.com/watch?v=jH1P54utzjk

चर्चामा

सम्बन्धित समाचार