आइतवार, फाल्गुन १०, २०८२
  • होमपेज
  • देश
  • थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २४ पुग्यो

थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २४ पुग्यो

  • मङ्लबार, असार ९, २०७७
थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २४ पुग्यो

नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। प्रदेश अस्पताल सुर्खेतमा उपचाररत एक संक्रमितको सोमबार राती मृत्यु भएको हो। दैलेख दुल्लु नगरपालिका ३ का ४५ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार राती साढे ९ बजे मृत्यु भएको कर्णालीको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

यो सहित कर्णालीमा मृत्यु हुनेको संख्या ५ पुगेको छ भने देशभर २४ पुगेको छ। कर्णालीमा मंगलबार दिउसो २ बजेसम्म थप २५ जनामा संक्रमण देखिएको छ। कर्णालीमा संक्रमितको संख्या १ हजार ३ सय ७ पुगेको छ।

चर्चामा

सम्बन्धित समाचार