बाजुरा — बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धाराबाट दुई वटा बाघको छाला सहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
सोही नगरपालिका ५,६ र ७ नम्बम्मर वडाका ३ जना तस्कर सहित समातेकाे प्रहरीले बताएकाे छ । तीन जनालाई गोप्य सूचनाका आधारमा जंगली जनावरको चाेरी सिकारी र पैठारी गर्ने गरेको खवरपछि मंगलबार राती पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बाजुरामा ल्याइएकाे प्रहरी निरीक्षक दान बहादुृर रोकायाले बताए ।
जंगली जनावरकाे छाला हड्डी लगायतका बहुमुल्य पर्ने चीजहरु पैठारी गर्ने गरेकोले प्रहरी टोलीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्रोाएर थप अनुसंन्धान हुने राेकायाले बताए । छाला तस्करी गर्ने तीनै जनाको अनुसन्धान गरी चोरी सिकारी तथा पैठारी सम्बन्धीको ऐन अनुसार कानुनी कारबाही गर्ने प्रहरी प्रवक्ता रोकायाले बताएका छन् ।