शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिममा ९६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११ सय नाघ्यो कुन जिल्लामा कती पुरा हेर्नुहाेस

सुदूरपश्चिममा ९६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११ सय नाघ्यो कुन जिल्लामा कती पुरा हेर्नुहाेस

  • सोमवार, असार ८, २०७७
सुदूरपश्चिममा ९६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११ सय नाघ्यो कुन जिल्लामा कती पुरा हेर्नुहाेस

सुदूरपश्चिममा आज ९६ जनामा कोरोना पुष्टि भएको छ। काठमाडौँमा भएको परीक्षणमा थप ९६ जनामा कोरोना पुष्टि भएको वास्थ्य तथा जनसंख्या मनत्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

उनका अनुसार कैलालीमा एक महिला र ५७ जना पुरुष गरी ५८ जना, डडेल्धुरामा ५ महिला र १० पुरुष गरी १५ जना, बैतडीमा एक महिला र १३ पुरुष गरी १४ जना, डोटीमा चार महिला र तीन पुरुष गरी सात जना र अछाम जिल्लामा एक जनामा कोरोना पुष्टि भएको हो।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक हजार एक सय २० पुगेको छ।अहिलेसम्म सबैभन्दा बढि कैलालीका तीन सय १९, डडेल्धुरामा दुई सय एक, बैतडीमा एक सय ५६, डोटीमा एक सय ६१, कञ्चनपुरमा एक सय, अछामका ७७, बाजुराका ७२, बझाङमा २१ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ।

पुष्टि भएका पाँच जनाको मृत्यु भईसकेको छ भने एक सय ३४ जना निको भएर घर फर्किसकेका छन्।

चर्चामा

सम्बन्धित समाचार