शनिबार, चैत्र १७, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • बडिमालिका नगरपालिकाकाे ३७ करोड बजेट विनियोजन

बडिमालिका नगरपालिकाकाे ३७ करोड बजेट विनियोजन

  • सोमवार, असार ८, २०७७
बडिमालिका नगरपालिकाकाे ३७ करोड बजेट विनियोजन

बाजुरा —  बडिमालिका नगरपालिकाले आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न रु३७ करोड ९३ लाख १६ हजार विनियोजन गरेकाे छ । बाजुरा जिल्लाकाे सदरमुकाम मार्तडीमा रहेकाे बडिमालिका नगरपालिकाकाे ७ अाैँ नगर परिषद अाज सम्पन्न भएकाे छ । अाज सम्पन्न परिषदमा बजेट सहित अागामी कार्यक्रम सहित आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न रु ३७ करोड ९३ लाख १६ हजार विनियोजन गरेकाे बडीमालिका नगरपालिकाले जनाएकाे छ ।

कुल विनियोजन मध्ये चालु १७ करोड १५ लाख ४८ हजार (४५ दशमल २३ प्रतिशत) र पूँजीगत तर्फ २० करोड ७७ लाख ६८ हजार (५४ दशमल ७७ प्रतिशत) रहेको  बजेटमा उल्लेख गरीएकाे छ ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक आम्दानीबाट३७ लाख ९० हजार ५ सय, संघीय सरकार समानीकरण अनुदान १० करोड ८१ लाख, सशर्त तर्फ १५ करोड ९३ लाख, विशेष अनुदान १ करोड रराजश्व बाँडफाँडबाट प्राप्त ७ करोड ४९ लाख ८१ हजार ७ सय ५०, प्रदेश सरकार समानीकरण ६९ लाख ६८ हजार, राजश्व बाँडफाड १३ लाख ७८ हजार र अन्य स्रोत १ करोड ४७ लाख ९७ हजार ७५० बाट व्यहोरिने बजेटमा उल्लेख गरीएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार