आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • बडिमालिका
  • दिदी बहिनी उद्यमशिल समुहले उत्पादन गरे मिक्स अचार

दिदी बहिनी उद्यमशिल समुहले उत्पादन गरे मिक्स अचार

  • शनिबार, असार ६, २०७७
दिदी बहिनी उद्यमशिल समुहले उत्पादन गरे मिक्स अचार

राजेन्द्रबहादुर रोकाया /बाजुरा ६ असार : लकडाउनको समयलाई सदुपयोग गर्दै उद्यमशिल महिलाहरुले समूहले मिक्स अचार उत्पादन गरेका गर्न थालेका छन् । मार्तडी साना किसान कृषि सहकारी संस्था लिमिटेडसँगको सहकार्य र दिदी बहिनी उद्यमशिल समूहको सक्रियतामा स्थानीय सामाग्रीको प्रयोग गरि अर्गानीक बिषधि रहित मिक्स अचार उत्पादन गरेका छन् ।
स्थानीय उत्पादनको प्रवद्र्धनका लागि केही महिला दिदीबहिनी मिलेर स्थानीय स्तरमै उत्पादन भएको चोतो, मुला, गाजर, लसुन, प्याज र खुर्सानी लगाएत मिलाएर मिक्स अचार उत्पादन गरेको समूहकी अध्यक्ष कमल कुमारी शाहले जानकारी दिएकी छन् ।
बाजुरा भित्रकै उत्पादनलाई प्रयोग गरेर, दिनभर काम नगरी बस्नु पर्ने समयलाई सदुपयोग गरेर मिक्स अचार उत्पादन गरिएको समूहका उपाध्यक्ष सीता बराल थापाले बताएकी छन् । नौ जना महिलाहरुको समूह मिलेर पहिलो चरणमा ३ सय डिब्बा अचार उत्पादन गरिएको उनले बताईन ।


उत्पादन गरिएको अचारको आज एक कार्यक्रममा औपचारिक रुपमै सार्वजनिक गरिएको छ । औपचारीक कार्यक्रमको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) सचिव भरत बुढा, बडिमालिका नगरपालिकाका उपप्रमुख कविता विष्ट, प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रे, नेकपा कार्यालय सदस्य गगन रावल सहीतले सयुक्त रुपमा मिक्स अचारका डिब्बाको सार्वजनिक गरेका हुन् ।
होटल डिआर मष्टमा आयोजना गरिएको कार्यक्रममा सार्वजनिक गरिएको अचारमा स्थानीय, स्वाद, स्थानीय उत्पादन, स्थानीय जनशक्तिकै प्रयोग गरिएको बिशेषता रहेको छ । प्रति केजी ३ सय रुपैयाका दरले विक्री मूल्य राखिएको अचारलाई आधा केजीको प्याकिगमा पनि विक्री गरिने समूहका सचिव कल्पना महतले बताएकी छन् ।


हामीसँग भएको स्थानीय उत्पादनलाई उपयोगी र खान योग्य बनाउने गरि सीप देखाएको र रैथानी चोतो, लसुन, गाजर जस्ता बस्तुको उपयोग गर्ने सुरुवादका लागि कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मिनप्रसाद जैशीले धन्यवाद दिएका छन् । भनेर भन्दा पनि गरेर देखाउने समयमा दिदी बहिनीको समूहले गरेको काम उच्च प्रशंसनीय भएको बताएका छन् । बाजुरामा उत्पादित अचारले नेपाल भरीको भराण्ड भन्न सकोस भन्दै कृर्षि ज्ञानकेन्द्रबाट हुने तालिम औचारहरुको सहयोेग गर्ने प्रतिबद्धता समेत जनाए ।
सार्वजनिक कार्यक्रममा नेकपा नेता गगन रावलले बजारको रसायन मिसाएको र पुरानो अवस्थामा तयार पारिएको आचारको तुलनामा विश्वासीलो र स्वास्थ्यका लागि फाइदाकर हुने भएकोले सबैलाई प्रयोग गर्न आग्रह गरेका छन् । अर्गानीक र कोरोना विरुद्धमा प्रयोग हुने विज्ञको सल्लाहलाई ध्यानमा राखेर प्रयोग गर्न रावलको सुझाव छ ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले स्थानीय अचारको ब्राण्ड र बजारलाई स्थापीत गर्नेगरी लाग्न सुझाव दिएका छन् । गुणस्तर र उपयोगीता बारे प्रचार प्रसार सहीत ब्राण्डलाई नै स्थापीत गरेर व्यवसायीक बन्न आग्रह गरेका छन् ।
कार्यक्रममा बिशिष्ठ अतिथि एवं बडिमालका नगरपालिकाका उपप्रमुख कविता विष्टले लकडाउनको खाली समयलाई सदुपयोग गरेर मेहनतका साथ दिदीबहिनीले गरेको कामको प्रशंसा गरेकी छन् । उहाँले बजार विस्तार र थप सीप विकासमा नगरपालिकाले सहयोग गर्ने बचन दिएकी छन् ।
प्रमुख अतिथि एवं नेकपा सचिव भरत बुढाले अनुदानका नाममा व्यक्तिलाई नाफा हुने कार्यक्रम नभई सबैलाई फाइदा हुने र उत्पादनमा आत्मनिर्भर हुने काममा लाग्नु पर्नेमा जोड दिएका छन् । प्रदेश सरकार र स्थानीय तहले सहकारीका नाममा दिएको अनुदानको कुनै उपलब्धी नदेखिएकोले महिला दिदीबहिनी समूह जस्तै गरि खाने र काम देखाउनेको नाममा लगानी र अनुदान दिनु पर्नेमा जोड दिएका छन् ।
लक डाउनकै समयमा गरे धेरै गर्न सकिने रहेछ, भन्ने बारे अरुलाई पनि दिदीबहिनी समूहले उदारण पेश गरेको र त्यसलाई सबैले आत्मसाथ गर्न उद्योग वाणिज्य बरिष्ठ संघका उपाध्यक्ष गोरख बोहराको सुझाव छ । उत्पादन गरिएको अचार कार्यक्रम स्थलमै अतिथि सबैलाई स्वाद चाख्न लगाइएको थियो ।

चर्चामा

सम्बन्धित समाचार