शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • त्रिवेणी
  • त्रिवेणीमा १८ जनामा आरडिटी पोजेटिभ ,पिसिआर पोजेटिभलाई व्यवस्थापन गर्न सकस

त्रिवेणीमा १८ जनामा आरडिटी पोजेटिभ ,पिसिआर पोजेटिभलाई व्यवस्थापन गर्न सकस

  • शनिबार, असार ६, २०७७
त्रिवेणीमा १८ जनामा आरडिटी पोजेटिभ ,पिसिआर पोजेटिभलाई व्यवस्थापन गर्न सकस

चक्रबहादुर अएडी– त्रिवेणी नगरपालिका आज गरिएको ४२ जनाको आरडिटि परिक्षणका क्रममा १८ जनामा आरडिटि पोजेटिभ देखिएको छ ।
आज गरिएको परिक्षण त्रिवेणी नगरपालिका वडा नम्वर ९ को पार्वति माध्यामिक विद्ययालको क्वारेन्टाईनमा रहेका ३७ जना परिक्षण गर्दा १६ जनामा एन्टिवडि पोजेटिभ देखिएको छ । त्यस्तै सोहि वडाकै खिन्नै सत्यदेवि आधारभुत विध्यालयको क्वारेन्टाईनमा रहेका ३ जना र महालक्ष्मि प्राथमिक विद्यालयको क्वारेन्टाईन मा रहेका २ गरि जम्मा ५ जनाको आरडिटि परिक्षण गर्दा २ जनामा एन्टिबडि पोजेटिभ देखिएको त्रिवेणी नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष तथा नगर प्रवक्ता प्रेम बहादुर थापाले जानकारि दिनुु भएको छ ।
आरडिटि नेगेटिभ आएका २४ जनालाई सुरक्षित होम क्वारेन्टाईनमा बस्ने सल्लाह दिई घर पठाएको बताउनु भयो ।
,पिसिआर पोजेटिभलाई व्यवस्थापन गर्न सकस
प्रवक्ता प्रेम बहादुर थापाका अनुसार २२ गते स्वाव संकलन गरि पठाएका १६ जना व्यक्तिहरुको पिसिआर रिपोर्ट ७ जनामा हिजो पोजेटिभ आएको थियो । पिसिआर पोजेटिभ आएका व्यक्तिलाई सरकार ले सम्वन्धित क्वारेन्टाईनमा आईसोलेसन बनाएर राख्नु भनेपनि स्थानिय सरकारलाई काम गर्न सकस भएको भन्दै गुनासो गरेका छन ।
त्रिवेणी नगरपालिकामा जिल्ला भन्दा बाहिर बाट र भारत बाट आउनेको संख्या बाजुरा जिल्ला कै सबैभन्दा बढि मानिसहरु भित्रिएको नगरपालिकाको रुपामा लिईन्छ । त्रिवेणीमा बनाएका क्वारेन्टाईनहरु भरिसकेकाले पिसिआर रिपोर्ट आएका व्यक्तिहरुलाई राख्नको लागि ठाउँ नभएर एउटैठाँउमा राख्नु प्रर्ने बाध्यता भएको प्रवक्ता प्रेम बहादुर थापाले जानकारि दिए ।
थापाका अनुसार क्वारेन्टाईनमा वसेका व्यक्तिहरुले एउटै ठाउँमा राखेको भन्दै गालि सहनु परेको र सरकारले सम्वन्धित क्वारेन्टाईन लाई नै आईसोलेसन बनाउनु भनिरहेको छ । विध्यालय र स्वास्थ्य संस्थाहरु यो भन्दा अगाढि आएका व्यक्तिहरुले भरिएकोले पिसिआर रिपोर्ट पोजेटिभ आएका व्यक्तिहरुलाई राख्ने ठाउ नभएको बताउनु भयो । अहिले त कमैको मात्र रिपोर्ट आएको छ , यदि धेरै को आयो भने तिनिहरुलाई व्यवस्थानपन गर्न गारो हुने जानकारि दिए ।

चर्चामा

सम्बन्धित समाचार