आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • बडिमालिका
  • राहत बितरणमा नियत र निती बिपरीत गरेको भए सामुहिक आत्मदाह गर्न तयार छौ नगरप्रमुख बडुवाल

राहत बितरणमा नियत र निती बिपरीत गरेको भए सामुहिक आत्मदाह गर्न तयार छौ नगरप्रमुख बडुवाल

  • शनिबार, असार ६, २०७७
राहत बितरणमा नियत र निती बिपरीत गरेको भए सामुहिक आत्मदाह गर्न तयार छौ नगरप्रमुख बडुवाल

बाजुरा — बडीमालिका नगरपालिकामा भएको राहत बितरणको प्रकरणमा नगरपालिका निती र नियतमा सफा भएको नगर प्रमुख पदम बडुवालले दावी गरेका छन् । बडीमालिका नगरपालिकाको हलमा संचालन भएको पत्रकार सम्मेलनमा नगरप्रमुख पदम बडुवालले यस्तो बताएका हुन ।
केही दिन अगाडी समाचारमा राहत बितरणमा मनपरी कागजमा ३० किलो चामल ७ किलो मात्रै पाएको भन्ने समचारमा तथ्य नभएको नगरप्रमुख बडुवाल, नगर उपप्रमुख कबिता बिष्ट लगायत ९ ओटा वडाका वडा अध्यक्षद्धारा हस्ताक्षेरी बिज्ञप्तीमा समेत उल्लेख गरिएको छ ।
कोरोना संक्रमणका बेला जो राहत बितरण गरीएको छ त्यसमा नगरपालिका दोसी नभएको र नगरपालिकाकाले सघिंय सरकारको निती र केही नगरपालिकाले राहत बितरण निती बनाएर वडाहरुमा राहत बितरण गरेको प्रेस बिज्ञप्ती तथा पत्रकार सम्मेलन गरी नगर उप प्रमुख कबिता बिष्टले जानकारी दिएकी छन् ।
केही दिन अगाडी राहत बितरणमा मनपरी भएको समचारमा नगरपालिकाको ध्यानकर्षण भएको सो बिज्ञप्तीमा उल्लेख गरीएको छ । १० बुदे बिज्ञप्तीमा नगर प्रमुख उपप्रमुख र नौ ओटै वडाका वडाअध्यक्षको सयुक्त हस्ताक्षेरीत बिज्ञप्तीमा सो कुराको समते उल्लेख गरीएको छ ।
हालसम्म सबै ठाउँमा राहत बितरणमा ६७ लाख ८७ हजार ७ सय १४ रुपैया खर्च भएको पत्रकार सम्मेलन मार्फत नगर प्रमुख बडुवालले बताएका छन् ।
नगरपालिकामा जम्मा ३ हजार ३ सय ९४ घरदुरी मध्य २ हजार २ सय ८२ घरदुरीलाई राहत बितरण भएको नगर प्रमुख बडुवालले बताए ।
नेपालको जनगणना अनुसार ८ सय ४२ जनाले राहत पाउने भए पनी ९ बर्षमा जनसंख्या बढेका कारण सरकारले बनाएको नितीमा रहेर राहत बितरणमा कठिनाई हुदा नगरपालिकाले केही कार्यबिधीमा १ बुदा थप गरेर नौ ओटै वडामा राहत बितरण गरीएको पत्रकार सम्मेलनमा नगर प्रमुख बडुवालले बताएका छन । राहत बितरणमा कोही पनी जनप्रतिनीधीको खराव नियत नभएको तर नितीमा थोरै परिर्वतन हुदा केही समस्या आएको नगर प्रमुख बडुवालले बताएका छन् । नगरपालिका भरी २ हजार २ सय ८२ घरदुरी मध्य ८ सय ४२ घरदुरीमा २० किलो चामल र बाकी घरदुरीमा परिवारको आबस्यकताका आधारमा ५ किलो देखी १० किलो सम्म बितरण गरेको प्रतिबेदन आफु संग भएको नगर प्रमुख बडुवालले बताएका छन ।
नगरपालिकामा छलफल भएर गाउँमा राहत बितरण गरेको र केही समस्या हुदा फेरी नगरपालिकामा छलपलपछि मात्रै राहत बितरण गरेको बडिमालिका नगरपालिक वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए । सरकारले बनाएको कार्यबिधी अनुसार गाउँमा समस्या हुने देखीएपछि नगरपालिकाले पनी केही बुदाहरु थप गरेरै गाउँमा राहत बितरण गरिएको वडा न ९ का वडा अध्यक्ष बिनोद कुमार बिकले बताए ।
अख्तीयारले माग्यो भने सबै डकुमेन्ट दिन तयार रहेको नगरपालिकाले जनाएको छ ।
त्यसै गरी कुनै नियतबस कुनै गल्ती गरेको भएमा नगरपालिकाका सबै जनप्रतिनीधी आत्मदाह गर्न तयार रहेको बिज्ञप्तीमा उल्लेख गरीएको छ । बिज्ञप्तीको ९ नम्मरको बुदामा नगरपालिकामा असल नियत हुदाहुदै भ्रष्टाचारको आरोप कोही कसैले बिना प्रमाण बोल्छ भने सामुहीक आत्म दह गर्ने भन्ने कुरा उल्लेख गरीएको छ ।
हालसम्म सबै वडामा ३ सय १७ कुइन्टल १० किलो चामल, २ हजार ८१ किलो दाल, २ हजार ८ सय ४५ किलो नुन, ३ हजार १ सय ७३ पोका तेल , ४ हजार ३ सय ६८ गोटा साबुन, ५ हजार ३० गोटा मास्क र ३ सय ४३ किलो चिनी बितरण गरीएको बिज्ञप्तीको ३ नम्मर बुदामा उल्लेख गरीएको छ ।

चर्चामा

सम्बन्धित समाचार