देशका जनताहरु देश भित्रै रमाउँन पाएनन,
आफ्नो पौरख मा घर बार जमाउँन पाएनन।
स्वतन्त्र र जन जिविका को बहाना मा हेर त,
हावा चलेपछी शहि मार्ग नै समाउँन पाएनन।
पहिले राणा र राजाको दमन बाट निस्किँएर,
नागरिकहरुले शुनौलो मार्ग ठमाउँन पाएनन।
अवसरबादले ताना तान गरेपछि हेरन आज,
आफ्नै बुद्धिले नेक बिचार कमाउँन पाएनन।
बिना रोजगार के गर्थेर देशभीत्र बसेर जनता,
होनहार युवाशक्ति देशभित्र अमाउँन सकेनन।
सुरेशकुमार पान्डे।२०-०६-२०२०,