गजल!
छाडन अब क्रान्तिका गफ न मार मान्छेहरु,
निजि स्वार्थकै लागि बर्वाद न पार मान्छेहरु।
बाँच अनि बाँच्न देउ यो देशको आगनी मा,
जिउँदा लाश बनाएर अन्त न सार मान्छेहरु।
धर्तीमा जो जन्मियो मर्छन आफ्नै काल मा
निर्दोशकै सरिर बाट प्राण न उतार मान्छेहरु।
कुटो कोदालो गरेर खान लाउन देउ माटो मा,
झुट्ठा सपना देखाई लडाईमै न झार मान्छेहरु।
एउटै आमाका शन्तान एउटै आगनमा हुर्क्यौ,
ब्याक्तिगत लोभ देखाई अब न नार मान्छेहरु।
बरु चिनौँ पहिले मान्छेका दुश्मन को को हुँन,
सक्छौ मानव रुपि राक्षेशलाई खार मान्छेहरु।
आउन न दिए आफ्नो घरमा दुश्मन हरु लाई,
कुरिती कुसँस्कारमै लगाउ तार बार मान्छेहरु।
सुरेशकुमार पान्डे-२०-०६-२०२०,