शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • खेलकुद
  • नेमारले हारे बार्सिलोनासँगको मुद्दा, ६.७ मिलियन युरो फिर्ता गर्नुपर्ने

नेमारले हारे बार्सिलोनासँगको मुद्दा, ६.७ मिलियन युरो फिर्ता गर्नुपर्ने

  • शनिबार, असार ६, २०७७
नेमारले हारे बार्सिलोनासँगको मुद्दा, ६.७ मिलियन युरो फिर्ता गर्नुपर्ने

ब्राजिलियन फुटबल स्टार नेमारले आफ्नो पूर्व क्लब बार्सिलोनालाई ६.७ मिलियन यूरो फिर्ता गर्नुपर्ने भएको छ । ४३.६ मिलियन बोनसबारे चलिरहेको कानुनी लडाईँमा फैसला बार्सिलोनाको पक्षमा गएपछि नेमारले उक्त बोनस रकम फिर्ता गर्नुपर्ने भएको हो । नेमारले यसअघि ४३.६ मिलियन युरो बोनस दावी गर्दै आएका थिए । तर सोसल कोर्ट- १५ ले नेमारको दाबी खारेज गर्दै उल्टो ६.७ मिलियन युरो बार्सिलोनालाई तिर्न आदेश दिएको छ । नेमारले १४ मिलयन युरो बोनस पाइसकेका थिए र २९ मिलियन भने बाँकी थियो । सन् २०१७ मा नेमार कीर्तिमानी रकममा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मने पिएसजी गएपछि बार्सिलोनाले उक्त बोनस रकम तिर्न मानेको थिएन । यही विषयमा दुई पक्षबीच लडाई चलिरहेको थियो र अहिले बार्सिलोनाको पक्षमा फैसला भएको हो ।

यद्यपी नेमारले यो फैसलाविरुद्ध अपिल गर्न पाउने कानुनी प्रावधान भने छ । सोसल कोर्टले आफ्नो पक्षमा फैसला गरेपछि बार्सिलोनाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यसमा सन्तुष्ट रहेको जनाएको छ । सन् २०१३ मा स्पेनिस क्लब बार्सिलोनमा अनुबन्ध भएका नेमारले २०१७ सम्म क्याम्पनोउमा खेलेका थिए । उनले २०१६ मा पाँच वर्षको सम्झौता नवीकरणसमेत गरेका थिए ।

तर २०१७ अगष्टमा नेमार कीर्तिमानी २२२ मिलियन युरोमा बार्सिलोना छाडेर फ्रेन्च क्लब पीएसजी पुगेका थिए । गत वर्ष बार्सिलोनाले नेमारलाई क्लब फर्काउने प्रयास गरे पनि सफल हुन सकेन । यस सिजन पनि बार्सिलोनाले नेमारलाई फेरि अनुबन्ध गर्ने चर्चा भइरहँदा बोनसबारे यस्तो फैसला आएको हो ।

चर्चामा

सम्बन्धित समाचार