शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपा सचिवालय बैठक आज बस्दै, एमसीसीबारे छलफल हुने

नेकपा सचिवालय बैठक आज बस्दै, एमसीसीबारे छलफल हुने

  • शनिबार, असार ६, २०७७
नेकपा सचिवालय बैठक आज बस्दै, एमसीसीबारे छलफल हुने

पटक–पटक आह्वान हुँदै र स्थगित हुँदै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक आज फेरि बोलाइएको छ । बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।

बैठक अमेरिकी सहयोग परियोजना (एमसीसी)मा केन्द्रित हुने छ । संसदको यसै अधिवेशनबाट एमसीसी पारित गर्ने कि नगर्ने भनेर टुंगो लगाउन नेकपामाथि दबाव छ । पार्टीभित्र एमसीसी पारित गर्न नहुने पक्ष हाबी छ । पार्टीले गठन गरेको कार्यदलले एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने सुझाव दिएको छ ।

एमसीसीमा पार्टीभित्र एकमत नहुँदा सचिवालय बैठक पटक पटक आह्वान गर्ने र अन्तिम समयमा स्थगित गर्ने गरिएको छ । पछिल्लो पटक ३२ असारमा बोलाइएको बैठक पनि निर्धारित समयभन्दा एक घण्टा अगाडि स्थगित गरिएको थियो ।

सुरुसुरुमा एमसीसी पारित गर्नैपर्ने पक्षमा देखिएका प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय भने यसलाई पारित गराउन जोडबल नगर्ने पक्षमा रहेको उनी निकट नेताहरु बताउँछन् । तर उनले ४ असारमा राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै एमसीसी परियोजनासँगै अमेरिकी सेना पनि नेपाल आउने भनेर गलत हल्ला फिजाइएको बताएका थिए ।

आलोचकहरुलाई एमसीसी राम्रोसँग पढेर मात्र अभिव्यक्ति दिन आग्रह गर्दै प्रधानमन्त्री ओलीले नेपालमा विदेशी अनुदान आउने र विकास हुने चिन्ताले विरोध गरिएको त होइन भनेर प्रश्नसमेत गरेका थिए ।

शुक्रबार मात्रै चीन र नेपालको कम्युनिष्ट पार्टीबीचको भर्चुअल कार्याशालालाई सम्बोधन गर्दै प्रचण्डले सैन्य गठबन्धनसँग जोडिने कुनै पनि सहयोग नलिने बताएका थिए ।

चर्चामा

सम्बन्धित समाचार