बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • प्रदेश २
  • पेस्तोलसहित विष्फोटक पदार्थ भेटियो

पेस्तोलसहित विष्फोटक पदार्थ भेटियो

  • शनिबार, असार ६, २०७७
पेस्तोलसहित विष्फोटक पदार्थ भेटियो
फाइल तस्बीर

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–२ कुदाकाउलेको ताबुमा विस्फोटक पदार्थ फेला परेको छ । प्रहरीले ताबुबाट एक थान कटुवा पेस्तोल र विष्फोटक पदार्थ बरामद गरेको छ ।

बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय दिङलाबाट गस्तीमा खटिएको प्रहरी टोलीले सो स्थानमा रहेको बाँदर रुङने टहरोमा शङ्का लागि चेकजाँच गर्दा टहरोबाट एक थान कटुवा पेस्तोल, एक थान सकेट बम र दुई थान डेटोनेटर बरामद गरेको इलाका प्रहरी कार्यालय दिंलाका प्रमुख तथा प्रहरी निरीक्षक भास्कर खतिवडाले जानकारी दिए । रासस

चर्चामा

सम्बन्धित समाचार