• होमपेज
  • बाजुरा बिशेष
  • सुरक्षित गर्भपन र यौन तथा प्रजनन स्वाथ्य सम्बन्धि एक दिने कार्यक्रम सम्पन्न

सुरक्षित गर्भपन र यौन तथा प्रजनन स्वाथ्य सम्बन्धि एक दिने कार्यक्रम सम्पन्न

  • शुक्रबार, असार ५, २०७७
सुरक्षित गर्भपन र यौन तथा प्रजनन स्वाथ्य सम्बन्धि एक दिने कार्यक्रम सम्पन्न

बडिमालिका खबर / बाजुरा ५ असार : बाजुरा जिल्लाका संचारकर्मीसंग सुरक्षित गर्भपन र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि एक दिने कार्यक्रम सम्पन्न भएको छ ।
सुरक्षित गर्भपतन परियोजनाले गरेको अहिलेसम्म गरेका कामको जानकारी, कोराना भाईरस महामारी बिश्व महामारीको रुपमा फैलिरहेको समयमा प्रजनन मातृ नवजात शिशु तथा वाल स्वास्थ्य सेवा अन्तरिम मार्ग निदेर्शिकाको बारेमा जनाकारी र संचारकर्मीलाई सुरक्षित गर्भपतन समाचार सम्प्रेषण तथा प्रतिबेदन लेखनका बारेमा छलफल गरिएको थियो ।
गर्भपतन गर्न पाउने अबस्था र नपाउने अबस्था र निति नियम निर्देशीकाको बारेमा जानकारी गराएको थियो । असुरक्षित गर्भपन कम गर्न र नेपाल सरकारद्धारा मान्यता प्राप्त स्वास्थ्य सस्थाबाट सुरक्षित गर्भपनमा बृद्धि गराउन संचारकर्मीको भूमिका बिषयमा छलफल गरिएको थियो ।
बाजुरामा सुरक्षित गर्भपतन कार्यक्रम लागु भएदेखी १ हजार ५ सय ३३ जना आमा र किशोरकिशोरी समूहलाई सुरक्षित गर्भपतन सेवा सम्बन्धि जानकारी गरी ७ सय ८८ जनाले सेवा लिएको आइपास नेपाल र पीसबिन बाजुरा सुरक्षित गर्भपतन सेवा परियोजनाकी परियोजना संयोजक सरिता बिष्टले बताईन ।


छोटो समयको परिवार नियोजनका साधन प्रयोग गर्ने २ सय ६० जना र लामो समय परिवार नियोजनका साधन प्रयोग गर्ने ५१ जना भई जीबनमा परिवार नियोजन प्रयोग गर्नुपर्छ भन्ने सकरात्मक सोचमा परिबर्तन आएको, स्थानिय तहले सुरक्षित गर्भपतन कार्यक्रमलाई दिगो बनाउन भन्ने सकरात्मक सोच बनाएको छ भने सुरक्षित गर्भपतन सेवा कार्यक्रममा ३ हजार ४० जनसंख्यामा १० हजार ६ सय २२ जनाले प्रत्येक्ष लाभाम्बित भएका छन भने ६० हजार रेडियो कार्यक्रमबाट लाभाम्बित भएको तथ्याकं रहेको बिष्टले बताईन ।
जिल्ला स्वास्थ्य कार्यालय, गाउ तथा नगरपालिका स्तरिय स्वास्थ्य संस्था, सवास्थ्यकर्मी, स्वायम सेबिका, आमा समूह, किशोर किशोरि समूह, शिक्षा समिति शिक्षक बिद्यार्थी सम्मिलत सरोकारवालाहरु रहेका छन् ।
कार्यक्रमा भिडियो जुम भचूअल मार्फत आईपास नेपालका निति निर्माता माधबि ब्रजार्चाले सुरक्षित गर्भपन सेवाको बारेमा बनेको निति नियमको बारेमा बाताएकी थिईन भने पत्रकार पिताम्बर सिग्देलले सुरक्षित गर्भपत सेवाबारे समचार सप्रेषण गर्दा सकरात्मक प्रभाव पर्ने गरि समाचार सम्प्रेषण गर्नु पर्ने बताए । समाचार प्रकाशन गर्दा समाचारको हेडिङ फोटोलेलाई बिशेष ध्यान दिनु पर्ने जस्ता बिषयमा ध्यान दिनु पर्ने बताए । कार्यक्रममा आईपास नेपालका क्लस्टर संयोजक महेश जोशीले बाजुरा जिल्लामा सुरक्षित गर्भपन सेवा कार्यक्रमको बारेमा सहजिकरण गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार