आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • बडिमालिका
  • आर.आइ.सी. बाजुराद्वारा नगरपालिकाकालाई स्वास्थ्य सुरक्षा साम्रगी सहयाेग

आर.आइ.सी. बाजुराद्वारा नगरपालिकाकालाई स्वास्थ्य सुरक्षा साम्रगी सहयाेग

  • शुक्रबार, असार ५, २०७७
आर.आइ.सी. बाजुराद्वारा नगरपालिकाकालाई स्वास्थ्य सुरक्षा साम्रगी सहयाेग

बाजुरा — आर.आइ.सी. बाजुराद्वारा बडिमालिका नगरपालिकाकालाई ४०० थान KN95 मास्क सहयोग गरेकाे छ । बाजुरा जिल्लामा सबै भन्दा बढी कोरोना भाइरस (कोभिड – १९) संक्रमण देखिएको बडीमालिका नगरपालिकालाई ग्रामीण सुधार केन्द्र (RIC) बाजुराले ४०० थान KN95 मास्क सहयोग गरेको छ।

कोरोनाको जोखिम न्यूनिकरणका लागि ज्यान हत्केलामा राखेर खटिएका जनप्रतिनिधी र कर्मचारीहरुको सुरक्षाका लागि संस्थाका उपाध्यक्ष विरेन्द्र रावलले नगर प्रमुख पदम बडुवाललाई हस्तान्तरण गरेका छन् । विगत ११ वर्षदेखि स्वास्थ्य अधिकार तथा सुर्तिजन्य पदार्थ नियन्त्रण र सामाजिक रुपान्तरणका क्षेत्रमा कार्यरत ग्रामीण सुधार केन्द्र बाजुराले कोरोनाको महामारीमा मल्हम लगाउने प्रयास गरेको संस्थाका उपाध्यक्ष रावलले बताए ।

यस बेला व्यक्तिगत सुरक्षाका लागि अनिवार्य मानिएको मास्कले हामीलाई युद्दस्तरमा काम गर्न सहयोग पुग्ने नगर प्रमुख बडुवालले बताए।बडीमालिका नगरपालिकाको नगर प्रमुखको कार्यकक्षमा आयोजित हस्तान्तरण कार्यक्रममा संस्थाका सचिव वलवान ऐडी, सदस्य वीरबहादुर थापा, श्यामभक्त थापा लगायतको उपस्थिति रहेको थियो।कोरोनाको संक्रमण नियन्त्रणका लागि मास्क निकै फलदायी रहने छ ।

चर्चामा

सम्बन्धित समाचार