• होमपेज
  • कला /साहित्य
  • (गजल) मुद्धा अन्तराष्ट्रीय करण गर्नै पर्छ अब,

(गजल) मुद्धा अन्तराष्ट्रीय करण गर्नै पर्छ अब,

  • बिहिबार, असार ४, २०७७
(गजल) मुद्धा अन्तराष्ट्रीय करण गर्नै पर्छ अब,

गजल!
मुद्धा अन्तराष्ट्रीय करण गर्नै पर्छ अब,
अतिकरमण बिरुद्ध मा सर्नै पर्छ अब।

हाना हान मा हार होला बिचारमै लडौ,
संघर्ष गर्न मैदान पहिलो पर्नै पर्छ अब।

राष्ट्रितया को लडाई हो सबै अँघि बढौँ,
राष्ट्र र जनतन्त्रका लागि मर्नै पर्छ अब।

लड्न कस्लाई शोक छ बाध्याता नै हो,
नागरीक हरु देश भक्त ठहर्नै पर्छ अब।

आउ सबै मिलेर बिरोध गरौँ एम सी सी,
यो अंग्रेजको दलदलपनि तर्नै पर्छ अब।

हिमाल पहाड मदेश नेपालकै फुलवारी,
यो बगैचा को माली बनी झर्नै पर्छ अब।
सुरेशकुमार पान्डे।१८-०६-२०२०,

चर्चामा

सम्बन्धित समाचार