शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • त्रिवेणी
  • त्रिवेणीद्धारा कृर्षकहरुलाई कृषिसामाग्री वितरण

त्रिवेणीद्धारा कृर्षकहरुलाई कृषिसामाग्री वितरण

  • बिहिबार, असार ४, २०७७
त्रिवेणीद्धारा कृर्षकहरुलाई कृषिसामाग्री वितरण

चक्र बहादुर अएडी–  बाजरा त्रिवेणी नगरपालिका कृर्षि विकास शाखाबाट कृर्षकहरुलाई कृर्षि सामाग्री वितरण गरिएको छ । मकै बालिमा लाग्ने फौजिकिराको प्रकोप नेपालका अधिकांश क्षेत्रहरुमा देखिएको हुदा त्यो किराको प्रकोप त्रिवेणीमा पनि देखिएकोले किरालाई त्रियन्त्रण गर्न कृर्षहरुलाई कृर्षि सामाग्री वितरण गरिएको कृर्षि विकास शाखा त्रिवेणीले जनाकारि दिएको छ ।

विशेष गरि त्यो किर मकै बालिमा लाग्नेहुदा कृर्षि विकास शाखाका अनुसार अहिले त्रिवेणी नगरपालिका का वडा नम्वर ३ , ७ , ९ मा त्यसको प्रत्यक्ष असर देखिएकोले त्यो समस्या अन्य वडामा पनि न आवस भन्नका लागि पुर्व तयारि का साथ त्रिवेणीका सवै वडाहरुमा सामान वितरण गरिएको जनाएकाे छ ।

त्रिवेणी नगरपाकिामा रहेका जम्मा ६४ ओटा टोल विकास समितिका संयोजकलाई वितरण गरिएको छ । प्रत्येक टोल विकास समितिका संयोजकलाई एक स्प्रे मेसिन , एक वोतल इमामेक्टिन वेन्जुवयट १० बोतल कमाण्डो , एक ओटा बाल्टिन वितरण गरिएको त्रिवेणी नगरपालिका कृर्षि शाखा प्रमुख मान बहादुर रावलले जानकारि दिनु भएको छ । रावलका अनुसार ६४ ओटा टोल विकास समितिलाई ४ लाख ५० हजार बरावरको सामान खरिद गरि वितरण गरिएको बताएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार