मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • समाज
  • नेपाली सेनाका गुल्मपती श्रेष्ठले गरे कुपोषित बच्चालाई सहयोग

नेपाली सेनाका गुल्मपती श्रेष्ठले गरे कुपोषित बच्चालाई सहयोग

  • बिहिबार, असार ४, २०७७
नेपाली सेनाका गुल्मपती  श्रेष्ठले गरे कुपोषित बच्चालाई सहयोग

बाजुरा — समरजित गुल्म थापाथली ब्यारेकका गुल्मपती रबिन श्रेष्ठले एक कुपोषित बच्चालाई सहयोग गरेका छन् । बुढिनन्दा नगरपालिका १ बस्ने पूर्वा दमाईको २ महिनाको बच्चा कुपोषित भएको समाचार बडिमालिका खवरमा आइसकेपछी गुल्मपती श्रेष्ठले अस्पतालमै पुगेर ल्याक्टोजिन  र बिस्कुट लगायतका सामानहरु सहयोग गरेको गुल्मपती श्रेष्ठले बताएका छन् ।
पुर्वा नेपालीले १३ सन्तान जन्माइन अहिले ७ बच्चा जिवित छन्, आर्थिक अबस्था निकै कमजोर रहेको र कान्छो छोरा दत्त नेपाली पनी कुपोषणले ग्रस्त रहेको थाहा पाएपछि गुल्मपती श्रेष्ठले जिल्ला अस्पताल बाजुरामै पुगेर ५ प्याकेट ल्याक्टोजिन १ कार्टुन बिस्कुट लगायतका साम्रागी सहयोग गरेका हु्न । आफ्नो सानो सहयागले कसैलाई केही राहत हुन्छ भन्ने उदेस्यका साथ बच्चालाई ल्याक्टोजिन र बिस्कुट दिएको गुल्मपती श्रेष्ठले बताए ।  पुर्वाले हाल जिल्ला अस्पताल बाजुरामा बच्चाकाे उपचारका लागि ल्याएकी छन् । सदरमुकाममा पुगेर उपचार गर्न उनकाे अार्थिक स्थिती नभए पछी बिभिन्न निकायबाट उनलाइ राहत पाएर उनले केही दिन देखी जिल्ला अस्पतालमा उपचार गराइराखेकी छन ।
पुर्वा नेपालीले छोरा पाउने आसमा १३ बच्चा जन्माएकी छन र हाल ७ ओटा बच्चा जिबितै छन । आर्थिक स्थिती कमजोर भएका कारण उनका छोराछोरी हरुले खान लाउन पाएनन । उनको केही दिन अगाडी नागरीक अगुवा जनेश भण्डारीको सहयोगमा बडिमालिका खवरमा समाचार पश्चात नेपाली सेनाका गुल्मपती श्रेष्ठ लगायत बिदेशबाट पनी सहयोग जुटीरहेको छ । गुल्मपती श्रेष्ठ यस अघिका अभियानमा पनी सहयाेग गर्दै अाएका थिए ।

चर्चामा

सम्बन्धित समाचार