• होमपेज
  • देश
  • लिम्पियाधुरासहित नेपालको नक्सा दुई तिहाई बहुमतले पारित

लिम्पियाधुरासहित नेपालको नक्सा दुई तिहाई बहुमतले पारित

  • बिहिबार, असार ४, २०७७
लिम्पियाधुरासहित नेपालको नक्सा दुई तिहाई बहुमतले पारित

काठमाडौं: नक्सासम्बन्धी संविधान संशोधन विधेयक राष्ट्रियसभाबाट पारित भएको छ। बिहिबार बसेको राष्ट्रिय सभा बैठकको संविधान संशोधन दोश्रो विधेयक दुई तिहाई बहुमतले पास गरेको हो।

राष्ट्रियसभामा उपस्थित ५७ जना सांसदले संविधान संशोधनको पक्षमा मतदान गरेकोले सर्बसम्मत पारित भएको राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिानाले घोषणा गरे।

यसअघि प्रतिनिधिसभाबाट गत जेठ ३१ गते नेपालको संविधानको धारा ९ को उपधारा २ अन्र्तगत अनुसुची ३ मा रहेको निशान छापभित्र रहेको नेपालको नयाँ नक्सा पारित भएको थियो। अब राष्ट्रपतिले प्रमाणिकरण गरेपछि नेपालको संविधानमा लिम्पियाधुरासहितको क्षेत्र समेटिएको नयाँ निशान छाप समेटिनेछ।

चर्चामा

सम्बन्धित समाचार