बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • भारतमा एकै दिन १२ हजार बढी संक्रमित, ३ सय ३४ जनाको मृत्यु

भारतमा एकै दिन १२ हजार बढी संक्रमित, ३ सय ३४ जनाको मृत्यु

  • बिहिबार, असार ४, २०७७
भारतमा एकै दिन १२ हजार बढी संक्रमित, ३ सय ३४ जनाको मृत्यु

भारतमा गत २४ घन्टामा १२ हजार ८ सय ८१ नयाँ संक्रमित भेटिएका छन्। भारतमा एकै दिन धेरै संख्यामा संक्रमित भेटिएको यो पहिलो पटक हो। सोही अवधिमा ३ सय ३४ जनाको मृत्यु भएको छ।

एकै दिन १२ हजार बढी भेटिएसँगै भारतमा संक्रमितको संख्या ३ लाख ६६ हजार ९ सय ४६ पुगेको छ। जसमध्ये १ लाख ६० हजार ३ सय ८४ सक्रिय संक्रमित हुन्। उपचारपछि निको हुनेको संख्या १ लाख ९४ हजार ३ सय २५ जना छन्। भारतमा मृतकको संख्या १२ हजार २ सय ३७ पुगेको छ।

गत २४ घन्टामा ७ हजार ३ सय ९० जना उपचारपछि डिस्चार्ज भएका भारत सरकारले जनाएको छ।

कोरोना संक्रमित सबैभन्दा धेरै महाराष्ट्रमा भेटिएको छ। त्यहाँ संक्रमितको संख्या १ लाख १६ हजार ७ सय ५२ जना छन्। गत २४ घन्टामा मात्र ३ हजार ३ सय ७ संक्रमित महाराष्ट्रमा मात्र भेटिएका छन्। ५ हजार ६ सय ५१ जना संक्रमितको मृत्यु भएको छ भने ५९ हजार १ सय ६६ जना उपचारपछि निको भएका छन्।

महाराष्ट्रपछि सबैभन्दा धेरै संक्रमित भेटिएकोमा तमिल नाडु दोस्रो सूचीमा छ। त्यहाँ हालसम्म ५० हजार १ सय ९३ जना संक्रमित भेटिएका छन्। ५ सय ७६ जनाको मृत्यु भएको छ। २७ हजार ६ सय २४ जना उपचारपछि निको भएको भारत सरकारले जनाएको छ।

तेस्रो सूचीमा रहेको दिल्लीमा ४७ हजार १ सय २ जना संक्रमित रहेका छन्। हालसम्म १७ हजार ४ सय ३० जना उपचारपछि निको भएका छन् भने १ हजार ९ सय ४ जनाको मृत्यु भएको छ।

गुजरातमा २५ हजार ९३ जना संक्रमित छन्। त्यहाँ मृतकको संख्या १ हजार ५ सय ६० पुगेको छ। १७ हजार ४ सय ३० जना उपचारपछि निको भएका छन्।

चर्चामा

सम्बन्धित समाचार