आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • देश
  • एक जना करार अनमी १७ जना कोरोना संक्रमितको उपचारमा

एक जना करार अनमी १७ जना कोरोना संक्रमितको उपचारमा

  • बिहिबार, असार ४, २०७७
एक जना करार अनमी १७ जना कोरोना संक्रमितको उपचारमा

पदम सिहं — बाजुराको बुढिगंगा नगरपालिकाको धुरालसैन क्वारेनटाइनमा १७ जना कोरोना संक्रमित रहेका छन् । १७ जनाको संक्रमितको उपचार भने एकजना करारमा रहेको अनमि दिया सिंहले गरिरहेकि छन् ।
उनले क्वारेनटाइनमा कोरोना कारणले मृत्यु भएकि २ बर्षिय वालिकालाई समेत उपचार गरेकी हुन् । धुरालसैन क्वारेनटाइनमा बसेका १ सय ८२ जना मध्ये १९ जनालाई कोरोना पुष्टि भइसकेको छ । सोही क्वारेनटाइनमा बसेकी २ बर्षिय वालिकाको जेठ १८ गते कोरोना बाट मृत्यु भइसकेको छ । संक्रमित १७ जना त्यहि क्वारेनटाइमा बसिरहेका छन् । ४ दिनको शिशुमा पनि कोरोना पुष्टि भएको छ, त्यो सँगै ३ वर्षीय बालिका, १४ वर्षीय बालक, १८, २१, २२, २६, ३६, ४० वर्षीया युवती र ४५ वर्षीया महिला तथा २५, २५, ३०, ४२, ५०, ५१, ५२ वर्षीय पुरुषमा कोरोना देखिएको हो । एकजना भने जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा रहेकि छन् ।
दिया सिहं नगरपालिकाको करार कर्मचारी हुन्, अझ भन्नु पर्दा त तलब पनि अनमिले पाँउनु पर्ने स्केल २६ हजार ६ सय १० भन्दा कम छ । उनि अहिले १६ हजारमा मासिक तलबमा काम गर्छन् । दिया भन्छन्, यो बेला जागिर भन्दा पनि स्वास्थ्यकर्मीको दायित्व र मानविय सेवा मेरो कर्म पनि हो, मलाइ जागिर भन्दा पनि बिरामीको उपचारमा रमाउछु । उनले थपिन्, म यही ठाँउको पनि हो, संकटको बेला त झन उपचारमा नखटिए के स्वास्थ्यकर्मी हुन ँयिचभलअभ ल्ष्नजतष्लनबभि को इतिहास पढेर म प्रेरित छु, म तल्लो तहको कर्मचारी हु, गाँउका समस्या ब्यथा राम्रो सँग बुझेको छु, संकटमा काम गर्दा पो पढेको अर्थ र हाम्रो दायित्व पनि हो ।
नगरप्रमुख दिपक बिक्रम शाह भन्छन्, दियाले यो संकटको बेला निकै राम्रो काम गरेको छ । उनि करार कर्मचारी हुन जाखिर छोडेर पनि जान सक्थिन, वा अन्य कारण देखाएर पनि काम गर्न नसक्थिन्, तर त्यो उनमा छैन्, नगरप्रमुख शाह भन्छन् । स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्त भन्छन्, दियाले निकै उत्कृष्ट काम गरेको छ, उसको ४ दिनको संक्रमित बच्चाले दुध खान छोडेको थियो, तर तिनले उपचार गरेर अहिले सामान्य अबस्थामा आइसकेको वताएका छन् । आइसोलेसनमा सकेसम्म चिकित्सकको निगरानी नभइ हेल्थ असिटेन्ट तहको कर्मचारी हुनुपर्ने भएपनि १७ जना संक्रमितको उपचारमा भने अनमि रहेकी हुन् ।

चर्चामा

सम्बन्धित समाचार