बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिम प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको सङख्या ४ पुग्यो

सुदूरपश्चिम प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको सङख्या ४ पुग्यो

  • बिहिबार, असार ४, २०७७
सुदूरपश्चिम प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको सङख्या ४ पुग्यो

धनगढी — कैलालीमा कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको छ। एक जना महिलामा मृत्युपछि कोरोना पुष्टि भएको हो भने एक जना पुरुषको भने सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा उपचारका क्रममा मृत्यु भएको हो। शनिवार पुष्टि भएका कैलालीको गोदावरी नगरपालिकाका ४६ बर्षीय संक्रमित पुरूषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

स्वास्थ्य अवस्था बिग्रिएपछि सेती प्रादेशिक अस्पतालले आईसियूमा राखेर उपचार भईरहेकोमा आज साँझ ७ बजेर ५२ मिनेटमा संक्रमित पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। उहाँको हिजो रातिदेखि स्वास्थ्य अवस्था बिग्रिएको थियो। हिजोदेखि नै उपचारका लागि काठमाडौँ लैजान एयर एम्बुलेन्सका लागि पहल भएपनि एयर एम्बुलेन्स पाईएको थिएन्।

यसअघि उहाँको नवजिवन अस्पतालको आइसोलेसनमा उपचार हुँदा कोरोना पुष्टि भएको थियो। यस्तै कैलालीकी एक महिलामा मृत्युपछि कोरोना पुष्टि भएको छ। नेपालगंज मेडिकल कलेजमा उपचारत कैलालीको लम्की चुहा नगरपालिका वडा नम्वर २ की ४३ बर्षीया महिलामा मृत्युपछि कोरोना पुष्टि भएको हो। टाउकोमा चोट लागेकी उनलाई ३१ गते नेपालगंज मेडिकल कलेज कोहलपुर लगिएकोमा मंगलवार मृत्यु भएको थियो।

मृत्युपछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको भएको जिल्ला प्रशासन कार्यालय बाँकेका सूचना अधिकारी दीर्घराज उपाध्यायले बताए। उनका अनुसार शव मेडिकल कलेजमै राखिएको छ। योसँगै सुदुरपश्चिममा कोरोनाका कारण चार जनाको मृत्यु भईसकेको छ। यसअघि कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ बर्षीया महिला र वाजुराको वुढीगंगा नगरपालिकाको दुई बर्षीया वालिकको मृत्यु भएको थियो। तीनै जनाको मृत्यु भएपछि मात्रै कोरोना पुष्टि भएको छ।

चर्चामा

सम्बन्धित समाचार