शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • त्रिवेणी
  • त्रिवेणीमा आज बाट पिसिआर परिक्षणका लागी स्वाव संकलन

त्रिवेणीमा आज बाट पिसिआर परिक्षणका लागी स्वाव संकलन

  • बुधबार, असार ३, २०७७
त्रिवेणीमा आज बाट पिसिआर परिक्षणका लागी स्वाव संकलन

चक्रबहादुर अएडी — बाजुरा त्रिवेणी नगरपालिकामा आज बाट पीसिआर परिक्षण का लागि स्वाव संकलन कार्य सुरु गरिएको छ । आरडिटि परिक्षणमा पोजेटिभ देखिएका त्रिवेणी नगरपाकिमा रहेका क्वारेन्टाईनको आईसुलेसनमा रहेका व्यक्तिहरुको आज बाट स्वाव संकललन  सुरु गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार आज त्रिवेणी नगरपालिका वडा नम्वर ९ को पार्वती माध्यामिक विद्यालयको को क्वारेन्टाईन बाट सुरु गरिएको जनाएको छ ।

वडा नम्वर ९ मा रहेको पार्वती माध्यामिक विद्यालयको क्वारेन्टाईनमा रहेका २७ जना , महालक्ष्मी प्राविको क्वारेन्टाईनमा रहेका १ जना ,खिन्नै सत्यदेवि आधारभुत विद्यालयको क्वारेन्टाईनमा रहेका १७ जना र रत्न माध्यामिक विद्यालयको क्वारेन्टाईनमा रहेका २० जनाको पिसिआर परिक्षणको लागि स्वाब संकलन गरिएको छ ।त्यस्तै वडा नम्वर ८ मा रहेको नवदुर्गा आधार भुत विद्यालय को क्वारेन्टाईनमा रहेका ७ जना नर्सिह आधारभुत विद्यालयका ११ जनाको स्वाव संकलन गरिएको छ ।

त्यसैगरि वडा नम्वर ७ मा रहेको कैलाशश्वरी मावि दम्था को क्वारेन्टाईनमा रहेका २८ जना , नाटेश्वरी माध्यामिक विद्यालयको क्वारेन्टाईनमा रहेका ५ जनाको स्वावसंकलन गरिएको प्रवक्ता प्रेम बहादुर थापाले बताए । थापाका अनुसार स्वावसंलन कार्य जारि रहेको बताए ।

चर्चामा

सम्बन्धित समाचार