आफ्नो टाउकामा कात्रो बानेर हिँडौ,
देश जोगाउँने आन्दोलन संझेर हिँडौ।
शंघर्ष को मैदान मा न जाँदै जोगिदैन,
साम्राज्यावाद सँग अब त जुदेर हिँडौ।
लडाई ता आर पार को हुँनै पर्छ यँहा,
कि मरौँला हामिनै कि ता मारेर हिँडौँ।
एकतामा ठुलो बल हुँन्छ अनुभवनैछ,
त्यसैले भन्छु एकता भित्र अडेर हिँडौ।
धेरै छन मौका प्रस्त जातिमा लडाउँने,
ति फटाहाको जालमा न बल्झेर हिँडौ।
यो आन्दोलन सिङ्गो देशको भएका ले,
देश भरीका शंतान न गरि अटेर हिँडौ।
हेर हरियो घाँस देखाई खुकुरी उदाको,
एम सी सी को बिरुद्धमा धेरैफेर हिँडौ।
देश भित्र राष्ट्रघाती बिध्याक न आवश,
जनताको दुश्मनलाई नै पार्न ढेर हिँडौ।
सुरेशकुमार पान्डे।१७-०६-२०२०