मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • देश
  • बाजुरामा १९ जना कोरोना पोजेटिभ सँग बसेका ६२ जनाको रिपोट नआउदै घर

बाजुरामा १९ जना कोरोना पोजेटिभ सँग बसेका ६२ जनाको रिपोट नआउदै घर

कोरोना पोजेटिभ सँग बसेका घर आउदा गाँउनै त्रसित

  • बुधबार, असार ३, २०७७
बाजुरामा १९ जना कोरोना पोजेटिभ सँग बसेका ६२ जनाको रिपोट नआउदै घर

पदम बहादुर सिहं/बाजुराको बुढिगंगा नगरपालिका धुरालसैन माबिको क्वारेनटाइनमा १९ जना कोरोना पोजेटिभ भेटिए । उनिहरु सँगै बसेका ६२ जना भने रिपोट नआउदै घर पठाएको पाईएको छ । रिपोट नआउदै घर पठाएपछि गाँउ भने पुरै त्रसित बनेको छ ।
क्वारेनटाइनमा बसेकी २ बर्षिय वालिकाको कोरानाको कारण मृत्यु भएपछि क्वारेनटाइनमा बसेका १ सय ८७ जनाको पिसिआरका लागि जेठ १९ गते स्वाब संकलन गरीएको थियो । ११ दिन पछि १७ जना कोरोना पोजेटिभ सहित १ सय २४ जनाको रिपोट आएको थियो । तर ६२ जनाको रिपोट भने नआउदै घर पठाएको स्थानियले वताएका छन् ।
कोरोना पोजेटिभ सँगै बसेका अन्य नेगेटिभ आएकाको पनि फेरी स्वाब संकलन गरिनुपर्ने भएपनि उनिहरु पनि घरमा गएका छन् । रिपोट नआएका ६२ जना र रिपोट नेगेटिभ आएका तर ११ दिन सम्म कोरोना संक्रमित सँग बसेका १ सय ७ जना पनि घर गएपछि गाँउनै त्रसित बनेको छ । सरकारको गैर जिम्मेवारीका कारण कोरोना संक्रमित सँग बसेका घरमा आएका छन्, उनिहरु निर्वाध रुपमा गाँउडुलिरहेका स्थानिय लक्ष्मण थापाले वताएका छन् । गाँउमा कोरोना त फैलिरहेको छ, तर चेकजाँच नभएर रहेको वताएका छन् । आजभोली सामान्य ज्वरो खोकी लागेका रोग लुकाएर बसिरहेका छन् । कोरोना होकी चेक गरे थाहा हुन्छ भने स्वास्थ्य चौकीमा चेक गर्न समेत नजाने गरेको स्थानियले वताएका छन् ।
नगरप्रमुख दिपक बिक्रम शाहले भने आफुले नजानु भनेको हौ, पटक पटक रोक्ने प्रयास गरयौ तर रोक्न नसक्ने अबस्था आएपछि जर्वरजस्त घर गएको वताए । तर उनिहरुमा कुनै लक्षण चिन्ह थिएन्, घरको क्वारेनटाइनमा बस्ने सहमित अनुसार पठाइएको वताएका छन् । तर उनिहरु भने घरको क्वारेनटाइनमा नबसेको पाईएको छ । स्वास्थ्य कार्यलय बाजुराका जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले भने लक्षण चिन्ह केही नदेखिएको भए घरको क्वारेनटाइनमा बस्ने गरी पठाउन मिल्ने वताएका छन् ।
प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले भने पठाइएको बारे जानकारी आएको बताएका छन् । तर घरमै अलगै आइसोलेसनमा बस्नु पर्ने हो, घरमै गएर सबैको सम्पर्कमा रहेको भने निकै जोखिम रहेको वताएका छन् । बाजुरामा कोरोना पुष्टि भएका १८ जना र आरडिटि पोजेटिभ ८ सय ३५ जनाको रहेको छ, सबै स्थानिय क्वारेनटाइनमा बसिरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार