शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बाजुराकाे भानाेदय माबिले पाठ्यपुस्तक बितरण कार्य सुरू गर्याे

बाजुराकाे भानाेदय माबिले पाठ्यपुस्तक बितरण कार्य सुरू गर्याे

  • बुधबार, असार ३, २०७७
बाजुराकाे भानाेदय माबिले  पाठ्यपुस्तक बितरण कार्य सुरू गर्याे

बाजुरा — बन्दको समयमा पनि आफ्ना विद्यार्थीलाई पाठ्यपुस्तक बितरण सुरू  गरेकाे छ ।  भानोदय मा बि भानोदय माध्यमिक बिद्यालयले आफ्ना विद्यार्थीलाई पाठ्यपुस्तक बितरण सुरु गरेको हाे  । बिश्व नै कोरोना सङ्ग लडिरहेको बेला नेपालमा पनि यस्को प्रभाव पर्न गएको र यसकाे प्रभावले याे बर्ष शैक्षिक गतिबिधीमा ढिलाइ भएकाे बिद्यालयले जनाएकाे छ ।

त्यसको प्रत्यक्ष असर बिद्यालय र विद्यार्थीमा पनि पर्न गएको छ जस्ले गर्दा गत चैत्र बाट स्कुलहरु खुल्न पाएका छैन र कतिपय परिक्षाहरु पनि हुन पाएका छैन तर पनी विद्यार्थी हरुले घर मै बसेर केही कुरा सिकुन भन्ने उदेस्यका साथ भानाेदय माबिले  पाठ्यपुस्तक बितरण गरेका हाे र विद्यार्थीको समस्यामा हरपल साथमा छौ शिक्षक वीर बहादुर ओलिले बताए ।

बिद्यालयले सामाजिक दुरी कायम गरि विद्यार्थीलाई पाठ्यपुस्तक बितरण गरेको हाे  । आजबाट कक्षा ६ देखी ९ सम्मको पाठ्यपुस्तक बितरण कार्यक्रम सुरु गरेका छौं शिक्षक अशोक शर्माले बताए। बिद्यालयको यस कार्यपर्ती खुसी ब्यक्त गर्दै नेपाल विद्यार्थी संघ बाजुराका विद्यार्थी नेता रुगम रावलले  धन्यवाद ब्यक्त गर्दै अब शिक्षकले विद्यार्थी सङ्ग सम्पर्कमा रहेर सिकाइ कार्यमा साथ दिन पनि आग्रह गरेका छन।

चर्चामा

सम्बन्धित समाचार