शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • कला /साहित्य
  • गरिबहरु को त काल यसरी पनि आउँछ

गरिबहरु को त काल यसरी पनि आउँछ

  • मङ्लबार, असार २, २०७७
गरिबहरु को त काल यसरी पनि आउँछ

गजल!
हामीले मित्र सम्झेर गर्यौं खिर ले स्वागत,
किन पछि उसैले त गर्यो तिर ले स्वागत।

गरिबहरु को त काल यसरी पनि आउँछ,
रोग भोक सँगै गर्छ बनकै भीर ले स्वागत।

कहिले चोरकै चौकिदार गेटमा स्लुट गर्छौ,
तर गरेनौ कहिले निहुरेको शिरले स्वागत।

न कसैको दवाब मा बाँच्न जान्यौँ नेपाली,
गर्दैनौ लालचमा परेर कुनै पीर ले स्वागत।

इतिहास हेर त हाम्रो संघर्षले भरी भराउ,
रण भूमीलाई गर्दछन सधै वीर ले स्वागत।

सहनशीलता विवेकशीलता सिमा नाघे,
गद्दारलाई गर्नेछौँ अब झिरले स्वागत।
सुरेशकुमार पान्डे।१६-०६-२०२०

चर्चामा

सम्बन्धित समाचार