शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • उत्तर कोरियाली सेनाले भन्यो, ‘कारबाहीका लागि तयार छौं’

उत्तर कोरियाली सेनाले भन्यो, ‘कारबाहीका लागि तयार छौं’

  • मङ्लबार, असार २, २०७७
उत्तर कोरियाली सेनाले भन्यो, ‘कारबाहीका लागि तयार छौं’

एजेन्सी —  उत्तर कोरियाको सेनाले सीमा क्षेत्रस्थित सैन्यरहित इलाकामा प्रवेश गर्न तयार रहेको जनाएको छ । यसअघि दक्षिण कोरिया हुँदै देशबाट भागेकाहरुले उत्तर कोरिया विरोधी पर्चा राखेर सीमा क्षेत्रमा बेलुन उडाएपछि दुई देशबीच तनाव छ । झन्डै एक साताअघि दक्षिण कोरियाली सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङले आफ्ना सेनालाई कारबाहीका लागि तयार रहन आदेश दिइएको बताएकी थिइन् । र, अहिले उनले सेनाले फ्रन्टलाईनमा खटिएर देशको रक्षा गर्न तयार रहेको जनाएकी हुन् ।

बिहीबार दक्षिण कोरियाको रक्षा मन्त्रालयले किम यो जोङको चेतावनीको जवाफ फर्काउँदै अमेरिकासँग मिलेर उत्तरको सैन्य कदमलाई कडा रुपमा निगरानी गरिरहेको जनाएको थियो ।

सन् १९५० को कोरियाली युद्धले विभाजित भएयता उत्तर कोरिया र दक्षिण कोरियाबीचको सीमामा सैन्यरहित क्षेत्र कायम गरिएको छ । मंगलबार उत्तर कोरियाली सेनाले त्यही क्षेत्रमा सैनिक पठाउने एक्सन प्लानबारे अध्ययन भइरहेको जनाएको हो ।

दक्ष्णि कोरियाले यो चेतावनीलाई गम्भीर रुपमा लिएको छ । सैन्य रहित क्षेत्रमा गुप्तचरहरुको उपस्थिति बाक्लिएको छ भने राष्ट्रपति मुनले शान्तिको अपिल गरेका छन् ।

सन् २०१८ मा राष्ट्रपति मुन र किम जोङ उनबीच भएको सहमतिमा उत्तर कोरियाविरुद्धको पर्चालाई रोक्ने सहमति भएको थियो । सो सहमति उल्लंघन भएपछि उत्तर कोरिया क्रुद्ध रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार