शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • कला /साहित्य
  • बिदेशी छ मालिक ठेकेदार उनैछन कुना कुना,

बिदेशी छ मालिक ठेकेदार उनैछन कुना कुना,

  • सोमवार, असार १, २०७७
बिदेशी छ मालिक ठेकेदार उनैछन कुना कुना,

राजनीति भई राख्छ यो देशको पानी मा पनि,
सदियौँ देखुन गरिबहरुको जिन्दगानी मा पनि।

बाँचेकै हुँन्छन झुकेर नि कटपुत्ली जस्तै नाची,
शोसक अनि सामन्तिहरुकै मेहरबानी मा पनि।

भन्नता भन्छन गुलाम भएको छँदै छैन यो देश,
अधिकार छैन हाम्रो कोईलाको खानि मा पनि।

बिदेशी छ मालिक ठेकेदार उनैछन कुना कुना,
हुकम चलाउँदै आए राणा राजा रानी मा पनि।

गरेकै हुँन असमान सन्धि र सम्झौता सदै भरी,
बिदेशी सँग आफ्नै देशको ठुलो हानी मा पनि।
सुरेशकुमार पान्डे।१५-०६-२०२०,

चर्चामा

सम्बन्धित समाचार