अब कतै नहिँडौ सिमाना तरेर हामी,
देश लाई छाडि मुङ्गलान झरेर हामी,
के हुँदैन पौरख यही माटो मा पोख्दा,
फल्छ शुन धर्तिमै पसिना छरेर हामी।
अर्काको लागि छाडिदेउ बहादुर बन्न,
देखाउँ देशको लागी केही गरेर हामी।
आफ्नै देश डुब्न थाल्यो आज हेर्नुश,
यो देशका शन्तान परदेश सरेर हामी।
कहिले फौक्लैण्डमा कैहिले खाडिमा,
के पायौँ त भन आर्कालाई मरेर हामी।
उनैले पिठ्युँमा तिर हानेर देखाए छन,
ज जस्लाई जोगायौँ घायल परेर हामी।
मरी जाने चोला हो नमरी साध्य हुँदैन,
अब बाच्न सकिदैन यसरी डरेर हामी।
बचाउँनेछ जन्माएको माटोले सबैलाई,
नबाँचौ पसु जस्तै संसारमा चरेर हामी।
सुरेशकुमार पान्डे।१५-०६-२०२०,